ओली राजावादीसँग मिलेको हुनसक्ने प्रचण्डको आशंका, पूर्वराजालाई यस्तो चेतावनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुन सक्ने आरोप लगाएका छन् ।

दलाल र बिचौलियाको कठपुतली भएर नहुँदो गर्दै हिडेको र गणतन्त्र प्रति नकारात्मकता प्रभावित गरेको आरोप लगाउदै उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर पछिल्लो समय जनतालाई ओलीले निराश बनाएको आरोप लगाए ।

समाजवादी मोर्चाको सभालाई शुक्रबार प्रदर्शनी मार्गमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली भित्रभित्रै राजावादीसँगै मिलेको त होइन भन्ने प्रश्न उठेको छ । उहाँलाई गणतन्त्रप्रति रिस छ । गणतन्त्र भनेपछि माओवादी देख्नुहुन्छ । माओवादी भनेपछि प्रचण्ड देख्नुहुन्छ र उल्टो काम गरे राजावादीलाई फाइदा पुर्याइरहनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफू गणतन्त्रवादी हो भन्ने पुष्टी गर्न सदनमा आएर जवाफ दिनुपर्ने प्रचण्डले प्रस्तावित पारे ।  ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा र जनताप्रति जवाफदेही हुन उनले आग्रह गरे ।

समाजवादी मोर्चाले चैत १५ गतेका लागि जनसभा घोषणा गरिसकेपछि पनि राजावादीहरु देशमा आराजकता फैलाउन सभा गरेको टिप्पणी गरे । राजावादीले आफ्नै भएपनि एक दुई जना मान्छे मारेर देशमा आरजकता मच्चाउन खोजेको अध्यक्ष प्रचण्डको दावी छ । 
“मण्डले गुण्डाहरुले घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुगां हानेका छन् भन्दै प्रचण्डले गणतन्त्रवादी कस्ता छन्, राजावादीहरु कस्ता छन् अझ स्पष्ट भएको छ ।” उनले भने । 

चार दलको समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा आयोजना गरेको जनसभामा अध्यक्ष प्रचण्डले इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न आग्रह गरे । मधेशी, आदिवासी जनजाति, मजदुर युद्धबाट खारिएर आएका कारण अब गणतन्त्रबाट कुनै पनि हालतमा पछाडि नफर्किने दावी गर्दै उनले इतिहास कहिले पछाडि नफर्के बताए । 

ज्ञानेन्द्र शाहले अर्को गल्ती गर्यो भने भोग्न केही पनि बाँकी रहँदैन भन्दै अध्यक्ष प्रचण्डले खबरदारी गराए । उनले भने, हामी विगतमा केही न केही त्रुटि गरेका कारण यो समस्या आएको हो, हामीे गणतन्त्रवादीले जनताको हितमा काम नगरेका कारण मिल्काई सकेका तत्वहरुले शिर उठाइरहेको उनको भनाइ छ ।

गल्तीबाट पाठ सिकेर जनताको पक्षमा अर्को नयाँ क्रान्ति घोषणा गर्र्ने बताउँदै उनले आफ्नो गल्ती सच्याउँदै आत्मसमीक्षा गरेर जनतासँग जोडिने बताए ।

कमजोरी सच्याएर गणतन्त्रलाई पूर्ण रुप दिनका लागि नयाँ आन्दोलन गर्न चाहेको बताउँदै उनले आफ्नो पार्टीभित्र र मोर्चाभित्र छलफल गर्दा एउटा अर्को क्रान्तिको आवश्यकता रहेको बताए ।  पुँजीपतिहरुले अतिवादीहरुलाई उचाल्ने काम गरिरहेकाले अर्को क्रान्ति गरेर सबै सामन्तीवादलाई समाप्त गर्न आवश्यक रहेको उनको टिप्पणी थियो ।

प्रचण्डले बिचौलियाहरुको सेटिङ भत्काउनै पर्छ भनेर आफू लागेका कारण सबै मिलेर सरकारबाट बाहिर जान बाध्य पारेको दावी गरे ।   प्रधानमन्त्री केपी शर्मा अ‍ोली नर्कतिर गएको बताउँदै अध्यक्ष प्रचण्डले आफूलाई जनतातिर फर्काइ दिएको भन्दै धन्यवाद दिएका थिए ।

जनतामा किन यति आक्रोश देखिएको छ, त्यसको समिक्षा गर्नु आवश्यक रहेको बताउँदै उनले संविधान निर्माणको सहयोगी भएका कारण अहिलेसम्म खबरदारी गर्दै आएको हो, यदि अहिले पनि सुध्रिनु भएन भने क्रान्तिबाट तपाईहरुलाई पनि बढारेर जाने र क्रान्ति तपाइहरुतिर सोझ्याउन नपरोस् भन्दै जनताको पक्षमा काम गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।