काठमाडौ । भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ भन्दै काठमाडौका मेयर बालेन्द्र शाह (बालेन)ले फेरिपनि सरकारप्रति आक्रोश पोखेका छन् । विभिन्न छ वटा विषयमा सरकारले महानगर माथि भ्रम सिर्जना गराएको र महानगरलाई काम गर्ने वातावरण बन्न नदिएको मेयर बालेनले आरोप लगाएका छन् । सोमबार अपराह्न सामाजिक सञ्चालमार्फत उनले ६ स्पष्टीकरण […]
ननस्टप विशेष
चन्द्रमाको सतहमा ब्लू घोस्ट
काठमाडौँ । फायरफ्लाइ एयरोस्पेसको चन्द्र अभियान ब्लू घोस्ट सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ । अवतरण चन्द्रमाको मारे क्रिसियम क्षेत्रमा भएको थियो । यो मिसन चन्द्रमाको यो अदृश्य भागमा अवतरण गर्ने तीन प्रमुख अन्तरिक्ष अभियानहरूको सुरुवात हो । ब्लू घोस्ट मिसन जनवरी १५, २०२५ मा स्पेसएक्सको रकेट फाल्कन ९ मार्फत अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । […]
भक्तपुरमा पैदलयात्रुलाई मोटरसाइकलले ठक्कर दिँदा एकको निधन, तीन घाइते
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट फेरिपनि एक पैदलयात्रीको ज्यान गएको छ । ज्यान गुमाउने भक्तपुर नगरपालिका-७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसीबाग रहेकी छन् । अरनिको राजमार्गमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलले जगाती पुलमा उनीसहित ४ जनालाई ठक्कर दिएको थियो । साँझ दुर्घटनामा गम्भीर घाइते उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको […]
सर्लाहीमा कारको ठक्करबाट गयो हरिणको ज्यान
सर्लाही । सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा कारले ठक्कर दिँदा हरिणको ज्यान गएको छ । लालबन्दी नगरपालिकामा पर्ने नवलपुर-लालबन्दीबीचको जङ्गल खण्डमा कारको ठक्करबाट हरिणको ज्यान गएको हो । स्थानीय प्रत्यक्षदर्शीले बताए अनुसार आइतबार बिहान करिब १० बजे नवलपुरबाट लालबन्दी तर्फ जादै गरेको कारले सडक पार गर्न लागेको हरिणलाई ठक्कर दिन पुगेको थियो । मुखबाट अत्यधिक रक्तस्राव भई […]
बोदेमा धर्मचक्र गुम्बाको शिलान्यास
भक्तपुरको मध्यलुर थिमि-८ बोदे क्षेत्रमा रहेको धर्मचक्र गुम्वाको जग पूजा गरिएको छ । मेयर सुरेन्द्र श्रेष्ठले गुम्बा निर्माणको शिलान्यास गरेका छन् । गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष गणेशमान चक्रधरले करिब ७० लाखकाे लागतमा निर्माण कार्य सम्पन्न हुने जानकारी गराए । त्यसका लागि स्थानीय सुकुदेव साहुखलको अध्यक्षतामा उपभोक्ता समितिले काम गर्ने उनले बताए । दुई वर्ष भित्रका […]
नेताहरूलाई पछि पार्दै अखिल(क्रान्तिकारी) को उपत्यका समिति बन्यो फुटसल प्रतियोगिताको बिजेता
भक्तपुर । वाइसीएल नेपालले शहीद सप्ताहको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा अखिल(क्रान्तिकारी) उपत्यका बिशेष प्रदेश समिति बिजेता बनेको छ । वाइसीएलको बागमती प्रदेश समितिको आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगितामा अखिल(क्रान्तिकारी) बिजेता बनेको हो । भक्तपुरको मध्यपुर थिमि-२ स्थित रोयल नेपाल फुटसल क्लबमा सम्पन्न प्रतियोगितामा नेता सुरज श्रेष्ठको कप्तानीमा उत्रिएको अखिल (क्रान्तिकारी) को उपत्यका बिशेष […]
प्रेस सेन्टरको उपत्यका प्रदेशमा लिम्बुको अध्यक्षतामा नयाँ नेतृत्व
काठमाडौं । प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश अध्यक्षमा लोकेश लिम्बु निर्वाचित भएका छन् । काठमाडौंको बिजुली बजारस्थित क्रीस्टल ब्याङ्क्वेटमा सम्पन्न दोस्रो अधिवेशनबाट लिम्बुको अध्यक्षता २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा बुद्ध योन्जन समावेशी उपाध्यक्षमा श्याम तण्डुकार र महिला उपाध्यक्षमा सरिता थापा निर्वाचित भएका छन् । महासचिवमा भने रोशन क्षेत्री गाउँले निर्वाचित […]
राधिका शाक्यको करुणा सार्वजनिक
प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफ्नो आत्मकथा सार्वजनिक गरेकी छन् । उनको आत्मकथा समेटिएको पुस्तक करुणा शनिबार सार्वजनिक गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली, लेखक शाक्य, नेकपा (एमाले) का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री ओली र […]
स्थानीय तहबाट समाजवादको अभ्यास गर्न प्रचण्डको निर्देशन
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालयले राजधानीमा आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वमा रहेका पालिकाले समाजवादको अभ्यास शुरु गर्नु निर्देशन पनि दिए । […]
पत्रकारिताका माध्यमबाट निराशा हटाउनपर्नेमा जोड
ललितपुर । ललितपुरमा आयोजित मिडिया साक्षरता कार्यक्रममा धारणा राख्ने बक्ता तथा प्रशिक्षकहरुले पत्रकारिताका माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ ललितपुरले बिहीवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पत्रकारहरुलाई गलत र नकारात्मक सन्देश फैल्याउने प्राथमिकताको उद्देश्य नलिन आग्रह गरे । पेशाप्रति प्रतिवद्ध भएर […]











