राप्रपाको कार्यसम्पादन समितिको आकस्मिक बैठक

काठमाडौं । तीनकुने भएको प्रदर्शन हिंस्रक भए पछि राप्रपाले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ ।

समासमायिक राजनीतिक बिषय, तीनकुने घटना र पार्टीका महामन्त्रीलगायत पक्राउ परे पछि राप्रपाले केन्द्रिय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो ।

बैठक दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ । 

गैरीगाउँ तीनकुने, कोटेश्वर, बालकुमारी, जडिबुटी, आलोकनगर लगायतमा राजावादीहरूले गरेको प्रदर्शन हिंस्रक बन्न जाँदा एकजना पत्रकारसहित २ जनाको ज्यान गुम्नुका साथै लुटपाट र ब्यक्तिगत सम्पत्ति क्षती भएपछि राप्रपाले आकस्मिक रूपमा केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।