काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि वैशाख ७ गते तोकेको विरोध कार्यक्रमबारे सार्वजनिक समाचार र अभिव्यक्तिप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको उल्लंघन हुने तथा समाजमा अशान्ति फैलाउने किसिमका कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। मन्त्रालयले कानून विपरीत हुने कुनै पनि गतिविधि नगर्न सबैलाई सचेत गराउँदै उल्लंघन भएमा कानूनी कारबाही हुने चेतावनी दिएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, समाजमा हिंसा, तोडफोड र अव्यवस्था फैलाउने कार्यप्रति सरकार कडाइका साथ प्रस्तुत हुने बताइएको छ। गृह मन्त्रालयले आम नागरिकलाई शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्याउन पनि अपिल गरेको छ।
विज्ञप्तिमा गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामचन्द्र तिवारीले हस्ताक्षर गरेका छन्।
राप्रपाले राजधानीमा गर्ने बिरोध प्रदर्सनमा निशेधित क्षेत्र तोड्ने भनेपछि सरकारले सचेत गराएको बताइएको छ ।