काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच समसामयिक राजनीति र संक्रमणकालीन न्यायको विषयमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरू कानुन उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति सुरक्षा र अमनचयन खलबल्याउन खोज्ने प्रति सचेत हुँदै गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा एकमत देखिएका छन् ।
बिद्यमान ब्यवस्था र संविधानको रक्षामा कुनै कसर बाकी नराख्न उनीहरूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवालले प्रष्ट पारे ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकारले सुशासनमा ध्यान दिन आग्रह गर्दै ब्यवस्था बिरोधीलाई मलजल मलजल हुनेगरी कुनै पनि काम नगर्न सुझाव दिएका उनको सचिवालयले जनाएको छ । प्रचण्डले गणतन्त्रवादीले जनतामा आशा र भरोसा जगाउन सक्नुपर्नेमा जोड दिएका बताइएको छ । संक्रमणकालीन न्यायको विषय टुंगो लाग्ने अर्का उपप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिश्वास ब्यक्त गरेका थिए ।
सो अवसरम गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल समेत सहभागी थिए ।
छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवालले जानकारी गराए ।