जरिवानाबाट झस्किएको राप्रपा आफैंले गर्यो सडक सफाई, मेयर बालेनले दिए धन्यवाद

काठमाडौ । राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुको सभा सकिएपछि आफैँ सडक सरसफाई गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न आग्रह गरेका थिए ।

‘बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,’ उनले भनेका थिए । उनले आफूहरुले गरेको फोहोर सफा गरेर जान नेता कार्यकर्तालाई निर्देेशनसमेत दिएका थिए । 

यस अघि काठमाडौ महानगरलाई १ लाख जरिवाना तिर्नुपरेकोले पनि उनी झस्किएका थिए । 

राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा काठमाडौ महानगरका मेयर बालेन्द्र साह बालेनले धन्यवाद दिएका छन् ।

“कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।”  मेयर बालेनले प्रतिक्रिया दिए ।