सर्लाहीको इन्दु शंकर चिनी उद्योगमा माओवादी केन्द्रको मजदुर संघ भारीमतले बिजयी

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योग लिमिटेडमा नेकपा(माओवादी केन्द्र) को मजदुर संगठन आधिकारिक ट्रेड युनियन बन्न सफल भएको छ । आइतबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा भारी मतान्तर सहित माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संघ निर्वाचित भएको हो । सत्तारुढ दल नेकपा (एमाले) निकट समग्र उद्योग ट्रेड युनियनलाई १ […]

पूर्वराजा ज्ञानेन्द्रलाई बिमानस्थलमा भब्य स्वागत, पूर्वराजा र भारतीय आदित्यनाथको तस्वीर प्रदर्शन

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा पुगेका राजावादीहरुले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीर प्रदर्शन गरेपछि यसलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ । लामोसमयसम्म पोखराको बसाईपछि आइतबार काठमाडौँमा फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न उनका सर्मथक आदित्यनाथको पोष्टर बोकेर पुगेका थिए । आदित्यनाथको पोष्टरमा राज संस्था पुन: स्थापना गरौँ भन्ने नारा उल्लेख गरिएको थियो । आदित्यनाथ र ज्ञानेन्द्रको […]

कुलमानले बुझाए यस्तो स्पष्टीकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरण बुझाएका छन् । आइतबार उनले स्पष्टीकरण पेश गरेका हुन् । बक्यौता नउठाएको भन्दै गत बुधबारकाे मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर सरकारले कुलमानलाई चारबुँदे स्ष्पटीकरण सोधेको थियो। उर्जा जलश्रोत र सिचाइ मन्त्रालय मार्फत सोधिएको स्पष्टीकरणको जवाफ फर्काउदै उनले स्पष्टीकरण पेश गरिएको जानकारी गराएका छन् । स्पष्टीकरणमा […]

हनुमन्ते खोलामा नग्न अवस्थामा भेटियो युवकको शव

भक्तपुर । भक्तपुरको भक्तपुर- १ सिर्जनानगरस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ । अन्दाजी ३०/३५ वर्षको देखिने पुरुष शव शनिवार अपराह्न पौने ४ बजेको समयमा फेला परेको हो । शव नग्न अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ । मृतकको नामथर वतन नखुलेको र पहिचान हुन […]

सर्लाहीमा माओवादी : सडकभरि स्वागत र चोकचोकमा सभा, शिर्ष नेताहरु देख्दा स्थानीय दङ्ग

सर्लाही, २३ फागुन । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आज सर्लाही जिल्लामा आइपुगेको छ। फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरीहुँदै सर्लाही आएको हो । अभियानको जिल्ला बढ्दै गर्दा जनसहभागिता पनि बढ्दै गएको छ। विहान ६ बजे मर्निङ वाक गरेर सुरु […]

संविधानमा ‘समाजवाद उन्मुख’ लेखेर समाजवाद नआउने प्राध्यापकहरुको जिकिर

कीर्तिपुर, काठमाडौ । नेपालमा सामन्तवाद बिरोधी पूजीवादी जनवादी क्रान्ति सम्पन्न भैनसकेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर जगदीशचन्द्र भण्डारीको भनाइ छ । त्यसैले, संविधानमा समाजवाद उन्मुख लेख्दैमा समाजवाद नआउने उनले जिकिर समेत गरे । अर्थ राजनीतिका बिश्लेषक तथा लेखक डीपी ढकालको पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’बारे त्रिभुवन विश्वविद्यालय परिसरमा बिहीवार आयोजित परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै प्राडा भण्डारीले […]

खेलाडी गणेशहरिले गरे कांग्रेससंग ३६ वर्षको सम्बन्ध परित्याग, माओवादी केन्द्रमा प्रवेश

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ का क्षेत्रीय प्रतिनिधि तथा कांग्रेस निकट खेलकुद बिभागको बागमती प्रदेश समिति सदस्य गणेशहरि कुटुले पार्टी परित्याग गरेका छन् । ३ दशक लामो समयदेखि आवद्ध रहेको नेपाली कांग्रेस परित्याग गर्दै उनी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् । केक्युसिङ करातेका टु डन एवं राष्ट्रिय खेलाडी समेत रहेका मथिनपा-२ […]

बढ्यो नेमकिपाको केन्द्रीय समिति, बिजुक्छें आठौं महाधिवेशनबाट पनि अविछिन्न अध्यक्ष

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनले पनि अध्यक्षमा नारायणमान विजुक्छें ‘रोहित’ लाई नै निरन्तरता दिएको छ । भक्तपुरमा सम्पन्न आठौं अधिवेशनमा उनी पुनः सर्वसम्मतरुपले अध्यक्ष निर्वाचित भएका छन् । बि.सं. २०३१ सालमा बिजुक्छेंको नेतृत्वमा स्थापना भएको यो पार्टीमा आज सम्म आइपुग्दा पनि उनको बिरासत बोक्ने अर्को बिकल्प नभेटिएको हो । आठौं महाधिवेशनको बन्द […]

सिडिओको निर्देशनमा स्याउ गोदाम छापा हान्दा सयौं बोरा गाँजा बरामद

सप्तरी । सप्तरीको सदरमुकाम राजविराजस्थित एक स्याउ गोदामबाट सयौं बोरा गाँजा बरामद गरिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको निर्देशनमा प्रहरीले छापा हान्दा सो सफलता हात लागेको हो । बाबा भूतनाथ मन्दिर पस्ने गेट नजिक रहेको गोदाममा अनलोड गरिरहेको सामानप्रति शंका लागेर जाँचबुझ गर्न सिडिओ दाहालले प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । सप्तरीका प्रहरी […]

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा काप्री

सानोठिमी । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक पदमा सहसचिव कृष्णप्रसाद काप्री नियुक्त भएका छन् । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले काप्रीलाई महानिर्देशक पदमा नियुक्त गरेकी हुन् । गोरखा स्थायी घर भएका काप्री मध्यपुर थिमी-३ निवासी हुन् । २०५३ सालमा विद्यालय निरीक्षक बाट शिक्षा सेवामा प्रवेश गरेका काप्री सहसचिव भएको पनि […]