काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई सास्ती भएको छ । आफू नेकपा एमालेबाटै उपमेयर निर्वाचित भएकाले प्रधानमन्त्री केपी ओली र सरकारको पक्षमा उभिनु उनको बाध्यता बनेको छ ।
मेयर बालेन शाहले प्रमुख प्रशसकीय अधिकृतलाई कार्वाही गर्ने भनिरहँदा उहीँ कार्यकारी सरकारले पठाइदिएपछि सरकार र बालेन आमने सामने भएका छन् । उनलाई रोक्न मेयरले नगर प्रहरी परिचालन गरेका उपमेयर सुनिता डङ्गोलकै दावी छ ।
कोठामा बसेर निर्देशन नदिन उनले मेयरलाई आग्रह गरेकी छन् । बिहीबार उपमेयर डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा जनप्रतिनिधि र कर्ममचारी बिभाजित बनेकाले समस्या महानगरमै आएर समाधान गर्न मेयर बालेन शाहलाई आग्रह समेत गरिन ।
“मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनुभएको छ,” उनले भनिन्, “उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो होइन । कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन ।”
।
काठमाडौं महानगरपालिकाबाट निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तीन महिना १४ दिनपछि आज कार्यालय गएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भनेको एक महिनापछि उनी कार्यालय पुगे ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाई हाजिर गर्न आएपछि महानगर प्रहरीको बलले रोक्ने प्रयास गरेको थियो । उनी महानगरका केही कर्मचारी र उपमेयरसहित जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए ।
गुरागाईं ०८१ पुस १४ गते निलम्बनमा परेका थिए । काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको थियो ।
काठमाडौं महानगरका प्रमुख साहले गुरागाईँलाई रोक्नका लागि उनको कार्यकक्षमा ताला लगाएर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा नगर प्रहरी परिचालन गरेपनि उपमेयर सुनिता डंगोलसहित सफाइ र प्रशासनका कर्मचारी गुरागाईँको स्वागतका लागि तयारी अवस्थामा बसेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको स्वागत र निषेधको अवस्था महानगरपालिका कार्यालयमा रहदाँ स्थिति असमान्य बनेको थियो ।
गर्नेलाई भन्दा हेर्नेलाई लाज भने झै संघीय सरकार र स्थानीय सरकार प्रमुखबीचको लडाइँले जग हसाइँ गरेको स्थानीयको प्रतिक्रिया छ । मेयरको आदेश बिरुद्ध उपप्रमुख आफै लाग्नु पार्टीको निर्देशन हुन सक्ने उनीहरुले अनुमान गरेका छन् । यता बालेनले पनि टुकुचामा गाडिदिने अभिव्यक्ति दिएर सरकारलाई बिच्काएका छन् ।