स्वास्थ्य लाभ गर्दै पूर्व मन्त्री बस्नेत

भक्तपुर । पूर्व उद्योग मन्त्री एवं नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेत डिस्चार्ज भएका छन् ।

पिसाब नलीमा अचानक समस्या देखिएपछि उनी दुई दिन अघि काठमाडौको महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

राजाबादीको तीनकुने बितण्डा बिरुद्ध युवा संघले सोमबार गरेको मोटरसाइकल र्याली र शक्ति प्रदर्शनमा बस्नेत नदेखिएको प्रति चासो राख्दा उनी अस्पतालमा रहेको थाहा भएको हो ।

अस्पतालमा चिकित्सकको टोलिले शल्यक्रिया गरेको र समस्या समाधान भएपछि सोमबार राति नै आफू डिस्चार्ज भएको पूर्व मन्त्री बस्नेतले बताए ।

शल्यक्रिया सफल भएसंगै आफू घर फर्किएको उनको भनाइ छ । भक्तपुरको सूर्यविनायक-७ गुण्डुस्थित निवासमा उनी स्वास्थ्य लाभ गरिरहेका छन् ।

पूर्व मन्त्री बस्नेतलाई डा सुमन चापागाईं र डा भोजराज लुइटेलको टोलिले शल्यक्रिया गरेको थियो ।