भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक प्रतिनिधि सभा सदस्य सन्तोष परियार चढेको गाडीमा राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् ।
बालकुमारीमा गाडी रोकेर आन्दोलनकारीले जलाइदिएका हुन् ।कर्फ्युको समयमा काठमाडौमै रहेक सांसद परियार खोलाको करिडोर हुदै भित्री बाटो प्रयोग गरेर आफनो घर भक्तपुरतर्फ आउदै थिए ।
उनलाई गाडीबाट निकालेर राजावादी प्रदर्शनकारीहरूले गाडी जलाई दिएका हुन् । परियार गणतन्त्रको पक्षमा खुलेर वकालत गर्ने रास्वपा नेता हुन् ।
नेता परियारले आफू सकुशल रहेको बताएका छन् । जस्तै पहाड खसे पनि देश र जनताको सेवामा निरन्तर खटिइरहने उनको प्रतिवद्धता छ ।
लोकतन्त्र र जनताको पक्ष हुन सजिलो छैन भन्ने आजको घटनाले पुष्टि गरेको उनले प्रतिक्रिया दिएका छन् । तर, आफू आफ्नो मूल्य र मान्यताबाट किन्चित पनि बिचलित नहुने उनको उद्घोष छ ।