माओवादी केन्द्रका नेता आचार्यलाई मातृशोक

नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश समिति सदस्य एवं समाजसेवी युवराज आचार्यलाई मातृशोक परेको छ । उनकी ममतामयी आमा टिकामाया आचार्यको ७७ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ ।

सर्लाहीको ईश्वरपुरपुर-४ स्थायी घर भएकी टिकामाया भक्तपुरको सूर्यविनायक-८ स्थित दार्जिलिङ हाइट निवासी हुन् । उनी कान्छो छोरा युवराज संगै रहेकी थिइन् । निजी निवासमै उनको निधन भएको हो ।

उनी लामो समय देखि दम र स्पाइनल इन्जुरीले ग्रसित थिइन् । उनको पार्थिव शरीरलाई आजै पशुपतिस्थित आर्यघाट पुर्याई अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

दिवङ्गत टिकामायाका ७ छोरा र २ छोरी छन् ।