चार बालिका चार दिनदेखि बेपत्ता, खोजी जारी

मोरङ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ […]

सार्वजनिक संस्थान : वित्तीय सबै नाफामा, अरु किन घाटामा !

काठमाडौं । नेपालमा  ४५ वटा सार्वजनिक संस्थानहरू सञ्चालित छन्। सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा चलेका छन् भने १५ वटा अझै घाटामा रहेको सरकारी तथ्य सार्वजनिक भएको छ । यसमा पनि ५ वटा अस्तित्वमा मात्रै छन्। अर्थ मन्त्रालयले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो । संस्थानसम्बन्धि प्रतिवेदनअनुसार २ ओटा […]

वाइसीएल विधानमा सचिव थपलियाको १० बुँदे संशोधन प्रस्ताव

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल, नेपाल) को तेस्रो राष्ट्रिय सम्मेलनअन्तर्गत विधान संशोधनका लागि केन्द्रीय सचिव तथा बागमती प्रदेश सह-इन्चार्ज दिनेश थपलिया ‘आक्रोश’ले १० बुँदे प्रस्ताव दर्ता गराएका छन्। विधान संशोधनको प्रस्तावमा संगठनात्मक सुधार, नेतृत्वको समय सीमा, संरचना र प्रविधिको प्रयोगलगायतका विषयहरू समेटिएका छन्। उनका अनुसार, […]

महिनावारी सचेतनाका लागि उपत्यकामा साइकल यात्रा

भक्तपुर । “महिनावारी मैत्री विश्वव्यापी हातेमालो” नाराका साथ  काठमाडौं, भक्तपुर र ललितपुर तीनै शहरमा ३ सय ९२ जना साइकल सचेतनामूलक साइकल यात्रा गरेका छन्। एक्सपोज नेपालको आयोजनामा भएको र्‍यालीमा ३ सय ५२ जना महिलासहितका साइकल यात्रीको सहभागिता रहेको थियो। बसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट सुरु भएको यो र्‍याली ललितपुरको मंगलबजारमा पुगेर समापन भयो। साइकल यात्रा […]

भक्तपुरमा भेटिए नक्कली सेनाका मेजर र प्रहरीका डिएसपी

भक्तपुर । नेपालमा पनि नटवरलालहरुको कमी छैन । हुँदै नभएको पद हो भन्दै ठगी गर्ने प्रवित्ति पुरानै हो । भक्तपुर यस्तै दुई ब्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । आफूलाई नेपाली सेनाको ‘मेजर’ र ‘डिएसपी’ बताउँदै सर्वसाधारणलाई धम्की दिने दुई व्यक्ति भक्तपुर प्रहरीको फन्दामा परेका छन्। पहिलो घटना भक्तपुरको ब्यासीमा भएको हो। रामेछाप मन्थली नगरपालिका–७ का […]

११ डिआइजीको सरुवा, हेर्नुस् को कहाँ

काठमाडौं – हालसालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा व्यवस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका डिआइजीहरूको सरुवा गरेको हो। सरुव अनुसार सुदर्शन कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ। यस्तै, दीपेन्द्र जिसी क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

भक्तपुरमा शहीद र बेपत्ता परिवारसंग माओवादीको गणतन्त्र दिवस,प्रजिअ पूर्वाग्रही भएको आरोप

भक्तपुर । गणतन्त्र ल्याउने लडाईमा आफ्ना एक दर्जन नेताकार्यकर्ता गुमाएको नेकपा (माओवादी केन्द्र) भक्तपुरले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । माओवादीले यसलाई उत्सव र संस्मरण दुवै स्वरुपमा मनाएको हो । माओवादी केन्द्रको भक्तपुर नगर समितिले शहीद र बेपता परिवारसंग बेदना साटेर गणतन्त्र दिवस मनाएको नगर अध्यक्ष राकेश सुवालले जनाएका छन् । बिहीवार उनीहरु […]

गणतन्त्र दिवसको विशेष समारोह सम्पन्न

गणतन्त्र स्थापना भएको १७ वर्षको अवसरमा बिहीबार सैनिक मञ्च, टुँडिखेलमा आयोजित विशेष समारोह भव्य रुपमा सम्पन्न भएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । समारोहको आरम्भमा नेपाली सेनाद्वारा राष्ट्रपतिलाई विशेष सलामी अर्पण गरियो। राष्ट्रिय गानको संगितमा गरिएको झण्डोत्तोलनले वातावरणलाई अझै गौरवपूर्ण बनाएको थियो । सो अवसरमा शहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो, जसले […]

सम्पादकीय : जिम्मेवार नागरिकको कर्तब्य पूरा गरौं

आज गणतन्त्र दिवस । १७ वर्ष अघि आजकै दिन अर्थात्, १५ जेठ २०६५ मा करिब २ सय ४० वर्षसम्म रहेको राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना भएको थियो । गणतन्त्र केवल राजनीतिक व्यवस्था होइन, यो जनताको अधिकार, सम्मान र समान अवसरको सुनिश्चितता पनि हो । यसका लागि देशमा २०५२ देखि १० वर्ष भीषण जनयुद्ध भयो, २०६२/६३ […]

डिएसपी, इन्स्पेक्टर र असई नै नक्कली

भक्तपुर । केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को डिएसपी हुँ भन्दै ८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरका एक व्यक्तिलाई पक्राउ गरेको छ। त्यसैगरी, प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको नक्कली परिचय दिँदै रकम ठगी गर्ने थप दुई जना पनि पक्राउ परेका छन्। पक्राउ परेका नक्कली डिएसपी भक्तपुरको सूर्यविनायक–२ बालकोटका ४१ वर्षीय अनिल थापा […]