एकाबिहानै उद्योगी प्रकाश मुन्दडाको घर र अफिसमा प्रहरीको छापा

विराटनगर । विराटनगरको व्यापारिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ । देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् ।

अवैध कारोबार र कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान करिब ४ बजेबाट घर र अफिस घेराउ गरी छापा मारेको हो । देवनरा समूहले मुख्यरुपमा चाँदीको कारोबार गर्छ । 

देवनरा समूहको नेतृत्वमा रहेका प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशी प्रदेशको उपाध्यक्ष हुन् । मुख्य रूपमा चाँदीको कारोबार गर्दै आएको यो समूहले बाबा आयल र हाइलाइफ चप्पल उद्योगसमेत सञ्चालन गर्दै आएको छ ।