काठमाडौँ । दुर्गा प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर, भक्तपुरमा राखिएको छ । स्रोतका अनुसार उनलाई परिसरको बालमैत्री कक्षमा राखिएको छ ।
भक्तपुरका एसपी सूर्य खड्काले अन्य थुनुवासँग नराखेर प्रसाईंलाई परिसरस्थित बालमैत्री कक्षमा छुट्टै राखेको एक अधिकृतले बताए । खड्का नेतृत्वको टोलीले आइतबार राति साढे १० बजे प्रसाईंलाई निकोसेरास्थित उनको घरबाट पक्राउ गरे हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले शान्ति सुरक्षा भङ्ग गरेको प्रहरीको आरोप छ । प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए ।
आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।







