भक्तपुरमा शिक्षकलाई आगलागी सम्बन्धी विपद् व्यवस्थापन तालिम

भक्तपुर । भक्तपुर नगरपालिका–१ मा विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ।

शुक्रबार सम्पन्न तालिममा वडा नं १ भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका ३० शिक्षक र कर्मचारी सहभागी थिए।

तालिममा आगलागीका प्रकार, नियन्त्रण विधि, तथा ‘DCMP’ र ‘PASS’ विधिको व्यवहारिक प्रयोगबारे सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइएको थियो।

वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयका शिक्षक तथा कर्मचारीलाई आगलागीको जोखिम कम गर्न सचेतना आवश्यक रहेकोले तालिम दिइएको बताए । उनले भने, “शिक्षक र कर्मचारीहरू स्वयं सचेत भएमा आगलागीजस्ता विपद् न्यूनीकरण गर्न सहज हुन्छ। यस्तो तालिमले तत्काल प्रतिक्रिया दिन सक्ने क्षमतामा वृद्धि गर्छ।”

वडाध्यक्ष खत्रीले शिक्षक कर्मचारीलाई तालिम दिदा उनीहरूले विद्यार्थीलाई पनि प्रशिक्षित गर्ने बिश्वास ब्यक्त गरेका छन् ।

उनका अनुसार वडा कार्यालयले अन्य विद्यालय र सार्वजनिक संस्थाहरुलाई पनि लक्षित गरी यस्ता तालिम क्रमशः विस्तार गर्ने योजना बनाएको छ।