अमेरिकी डलर भन्दै कागज दिएर ३० लाख ठगी गर्ने ताराबहादुर भक्तपुरबाट पक्राउ

भक्तपुर । अमेरिकी डलर सस्तोमा मिलाइदिने भन्दै कागज भिडाएर रकम ठगी गरेको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति सिन्धुपाल्चोक बाह्रबिसे-३ घर भई भक्तपुरको चाँगुनारायण–३ दुवाकोट बस्ने ३९ वर्षीय तारा बहादुर तामाङ हुन् ।  ताराबहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोटबाट पक्राउ गरेको हो ।  […]

संघको आग्रहले पछि हट्यो प्रदेश सरकार, बुधवारबाट सार्वजनिक यातायात संचालन हुने अपेक्षा

काठमाडौ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी आफ्नो नियमावली कार्यान्वयनबाट पछि हट्ने निर्णय गरेको छ। केन्द्र सरकारले सोमबार राति यातायात व्यवसायीसँग गरेको सहमति अनुसार प्रदेश सरकारले नियमावली एक महिनाका लागि स्थगन गर्न आग्रह गरेको थियो । गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले नियमावली तत्काल लागू नगर्ने निर्णय भएको जानकारी दिँदै, केन्द्र सरकारको निर्देशनअनुसार आफूहरू अघि […]

ललितपुरमा अनलाइन जुवाको जालो, ८१ करोड बढी जुवा खेलाउने १७ पक्राउ

ललितपुर । अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर अनलाइज जुवा खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर-१० नख्खुको सनराइज अपार्टमेन्टको फ्ल्याट र वडा नम्बर-२६ को घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेका १२ नेपाली र पाँच भारतीयलाई सोमबार पक्राउ गरेको हो। पक्राउ परेका पाँच भारतीय नागरिक सबै बिहारका छन् भने नेपाली […]

प्रतिनिधि सभाको बैठक बस्न सकेन, भोलि बुधबार १ बजे बस्ने

काठमाडौ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्न सकेन । बिहान ११ बजे बस्नपर्ने बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको थियो । तर, प्रतिपक्षी दलहरु सहमतिमा नआएपछि बैठक बस्दै नबसी भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद चल्न नदिने […]

प्रतिनिधिसभाको बैठक २ बजे बस्ने सूचना, अझै छैन सुनिश्चितता

प्रतिनिधिसभाको आज बिहान बस्ने बैठक सरेर दिउँसो २ बजे बस्ने  भएको छ।  बिहान ११ बजेका लागि डाकिएको बैठक विपक्षी दलका अवरोधको कारण संचालन हुन सकेन । बैठ्क २ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले सूचना टाँस गरेको भएपनि बैठक सुचारु हुने सुनिश्चितता छैन । सदन खुलाउने सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।

बजेटले नवउदारवाद र विकृत पुँजीवादलाई प्रश्रय दिएको पूर्व अर्थमन्त्री शर्माको टिप्पणी

काठमाडौ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट यथार्थपरक नभएको आरोप लगाउँदै गम्भीर समिक्षा गरेका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आयोजित ‘बजेटः अ होलिस्टिक डिस्कोर्स’ कार्यक्रममा बोल्दै शर्माले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने कुरा गरेपनि रुग्ण उद्योग संचालनको पहल नगरेको बताए । जलविद्युतमा ४० खर्ब रुपैयाँ डुबिसकेको भन्दै उनले […]

“राजा ल्याउँछु भन्नु जनतामाथिको अपमान हो” — सांसद गोसाइँ

भक्तपुर । बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाइँले “राजा ल्याउने” भन्ने प्रवृत्तिलाई जनतामाथिको सिधा अपमान भनेका छन्। शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता गोसाइँले नेपाली जनताले साढे दुई सय वर्षसम्म राजतन्त्रको कठोर शासन भोगिसकेको स्मरण गराए। “फेरि राजा ल्याउँछु भन्नु भनेको जनतालाई सिधै लात्ताले हान्नु […]

प्रचण्डले नुवाकोट घटना सुनाउँदै भने- राजावादी आइलागे जाईलाग्नु !

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिहरूमाथि कडा आरोप लगाउँदै उनीहरू भाडाका मान्छे ल्याएर उत्तेजना फैलाउने प्रयासमा लागेको बताएका छन्। आइतबार काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजित वाइसीएल (Young Communist League) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले राजावादीहरूले कताकताबाट पैसा ल्याएर मानिसहरूलाई जाँड खुवाएर उफार्ने काम गरिरहेको बताए। “पैसा त उनीहरूले […]

कमल थापासहित राजावादीहरु पक्राउ

काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी पक्राउ परेका छन् । नक्साल, नारायणचौरवाट वालुवाटारतर्फ जान खोज्दा थापासहित ६ जना राजावादी पक्राउ परेका हुन् । राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् । उनीहरूलाई काठमाडौं […]

२५० करोड हिनामिनाको आरोपमा कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पक्राउ

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा संकलित बचतकर्ताहरूको २५० करोडभन्दा बढी रकम हिनामिना गरेर फरार रहेका भनिएका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर रायलाई प्रहरीले पक्राउ गरेको छ। राय बैंकको संस्थापक अध्यक्षसमेत हुन्। उनी पटक–पटक सञ्चालक समितिको अध्यक्ष पदमा बसेका थिए। कार्यकालको दौरान उनले बैंकमार्फत संकलित रकम हिनामिना गरेर फरार भएका बताइएको छ […]