आज ८ मार्च र ११० औं अन्तर्राष्ट्रिय महिला दिवस

आज ८ मार्च र ११० औं अन्तर्राष्ट्रिय महिला दिवस समाजमा हुने लैङ्गिक विभेदको अन्त्यको लागि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । लैङ्गिक विभेद भन्नाले महिला र पुरुष बिचको विभेद वा अन्तरलाई बुझिन्छ । लैङ्गिक न्याय भन्नाले समानताको उपभोग गराउनु हो, र राज्यद्वारा प्रदान गरिने सेवा, सुविधा, विकासको मनोबैज्ञानिक पक्ष , कानुनी पक्ष, आर्थिक पक्ष, भौगोलिक […]

कोरोना त्रास: इटालीमा एक करोड ६० लाख मानिस क्वारेन्टाइनमा

एजेन्सी । इटालीले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन एक करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रणको लागि एक करोड ६० लाख मानिसको बसोबास रहेको क्षेत्रलाई पूर्ण रुपमा ‘लक डाउन’ गरी क्वारेन्टाइन बनाइने भएको छ । लोम्बार्डी क्षेत्र र उत्तर तथा पूर्वका ११ प्रान्तलाई लक डाउन गर्ने तयारी इटालीले गरेको हो […]

काठमाडौँकै एक स्कूलमा नम्बर कम ल्याएको भनेर ब्लेडले विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका

काठमाडौँ । कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई आफ्नै हात ब्लेड (पत्ति)ले चिर्न लगाएर ‘निर्मम’ सजाय दिने शिक्षिकालाई बर्खास्त गरी अनुसन्धान सुरु गरिएको काठमाडौँको जडिबुटी स्थित जागृति एकेडेमीले जनाएको छ । सामाजिक शिक्षाको परीक्षामा कम नम्बर ल्याएको भन्दै विगत १२ वर्षदेखि अध्यापनरत शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गएको हप्ता कक्षा ६ र ७ मा अध्ययनरत ३० भन्दा बढी […]

उच्च नेता सहभागी कार्यक्रममा चल्याे गोली ३२ को मृत्यु, मुस्किलले बाँचे अब्दुल्लाह

काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार ठूलो आक्रमण भएको छ । शुक्रबार काबुलमा बन्दुकधारीहरुले एक कार्यक्रममा गोलाबारी सुरु गरेका थिए । जसमा कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ । कैयौँ मानिसहरु घाइते भएका छन् । प्रहरीको जवाफी कारबाहीमा हमलाकारीको पनि मृत्यु भएको छ । यो हमलामा अफगानिस्तानका मुख्य कार्यकारी अधिकारी (सीईओ) अब्दुल्ला अब्दुल्ला मुस्किलले […]

हुम्लामा भारी हिमपात

हुम्ला, २४ फागुन । हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । शुक्रबार बिहान मौसम सफा भएर घाम […]

साउदी राज परिवारका तीन वरिष्ठतम सदस्य अचानक पक्राउ

साउदी, २४ फागुन । साउदी अरेबियाको राज परिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् । तीनै जनालाई शुक्रबार हिरासतमा लिइएको हो । उनीहरूलाई किन गिरफ्तार गरियो भन्नेबारे केही खुलाइएको छैन । पक्राउ परेका उनीहरूले साउदीको […]

साताव्यापी कारखाना मेला स्थगित

काठमाडौं । एकहप्ता चल्ने भनिएको कारखाना शैक्षिक मेला स्थगित भएको छ । सार्वजनिक जमघटबाट टाढा रहन सरकारले गरेको  अपिललाई ध्यानमा राखेर सुरक्षालाई प्राथमिकता दिँदै मेला स्थगित गरिएको आयोजकले जनाएका छन् । फाल्गुन २४ गतेदेखि चैत १ गतेसम्म मेला सञ्चालन हुने तय भएपनि स्थगित गरिएको हो । मेला स्थगित भएपनि कारखानाको कार्यालयमा आएर शैक्षिक साम्रगीको अवलोकन […]

धनगढी उपमहानगरपालिकाद्वारा शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय

कैलाली ।  धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै सरोकारवालाको बैठकले सम्पूर्ण शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को […]

चार विधेयक छलफलका लागि समितिमा

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक २०७६’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए […]

विद्यालय बन्द हुँदैनन्, एसईई पनि रोकिदैन, हल्लाको पछि नलागौं– शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको प्रष्ट पारेको छ । साथै एसईई परीक्षा पनि तोकिएकै मितिमा सञ्चालन हुने जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरुमा स्कुल तथा कलेज विदा गरिएको साथै, एसईई परीक्षा नै स्थगित भएको हल्ला चलेपछि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो । मन्त्रालयले भनेको […]