काठमाडौ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब ४८ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
चालु आवको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले आर्जन गरेको छ । नबिलको नाफा ५ अर्ब ६० करोड रुपैयाँ छ । नाफाको आधारमा दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ५ अर्ब ३५ करोड र ५ अर्ब २ करोड रुपैयाँ नाफा सहित नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा छ ।
यस अवधिमा सबैभन्दा कम नाफा एनआईसी एशिया बैंकको रहेको छ । १० महिनामा बैंकको नाफा ४७ करोड ८७ लाख रुपैयाँ छ ।
कुन बैंकको नाफा कति?