पूर्वाञ्चल विश्वविद्यालय एमालेकरण भयो : घिमिरे

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय एमालेकरण भएको कांग्रेस नेता गुरूराज घिमिरले आरोप लगाएका छन् ।

पूर्वविद्यार्थी नेता घिमिरेले विश्वविद्यालय पार्टीकरण हुनु दुःखद भएको भन्दै यस्तो गतिबिधि अमान्य हुने चेतावनी समेत दिएका छन् ।

नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारको पछिल्लो उपहारको रुपमा पूर्वाञ्चल बिश्वविद्यालयलाई पूर्ण रुपमा एमालेकरण गरीएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका घिमिरेले बताए ।

सरकारकै कारण संस्थाको प्राज्ञिक मर्यादा र गरिमा माथि ठूलो खेलवाड भएको उनको ठहर छ ।

उपकुलपति र रजिस्ट्रार दुवै पदमा एमालेले नियुक्ति पाए पश्चात् यस संस्थालाई आफ्नो दलको क्रिडास्थल बनाउने प्रपञ्च सफल भएको उनको भनाइ छ ।