काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेर संसद खुलाउन भूमिका खेलेको आरोप लगाएका हुन् ।
‘प्रमुख प्रतिपक्षी दलले वीरता र बहादुरीपुर्वक आत्मसमर्पण गरेको सुनियो,’ लिङदेनले भने ।
संसदमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद खुलाउन अनुरोध गरेपछि उनले सो टिप्पणी गरेका हुन् ।
नेकपा एमाले र माओवादी केन्द्र बीच दुइ बुदेँ सहमति भएपछि राप्रपा अध्यक्षको सो टिप्पणी आएको हो । रास्वपा र राप्रपा गृहमन्त्रीको राजिनामाको मागबाट टसमस भएका छैनन् ।
संसदलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साध्न राजिनामा मागिएको र आफ्नो भिजिट भिसा काण्डमा कुनै संलग्नता नरहेको जिकिर गरेका छन् ।