प्रतिनिधिसभाको बैठक सुरू, रास्वपा र राप्रपाको बिरोध यथावत

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भएपछि संसद सुरू भएको हो ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर बिरोध जनाइरहेका छन् ।

भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग उनीहरूले यथावत रहेको  छ ।