काठमाडौं । वैदेशिक राेजगार क्षेत्रमा चर्काे कर छली हुने गरेकाे भेटिएकाे छ । महालेखा परीक्षककाे ५६ औँ वार्षिक प्रतिवेदनले यसकाे खुलासा भएकाे हाे । प्रतिवेदनले वैदेशिक रोजगार व्यवसायीहरुले कर छलेकाे भन्दै कर छल्ने व्यवसायीबाट कर असुल गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले टिकट खरिद तथा बिक्रीमा आय व्याय नदेखाएको तथा सोबाट हुने लाभसमेत […]
समाचार
नेपालले ओमानसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत
काठमाडौं । आइसीसी एसिया अन्डर–१९ विश्वकप छनौट प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले ओमानसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । उनले यसक्रममा […]
बालुवाटारको सरकारी जग्गा बेच्न सम्लग्न मालपोतका कर्मचारी र भूमाफियाको समूह फरार
काठमाडौं, ३ बैशाख । बालुवाटारको सरकारी जग्गा निजीकरण गरेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्। ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन्। सरकारले ५४ वर्षअघि मुआब्जा दिएर […]
प्रधानमन्त्रीको सम्वोधन पूर्व माओवादी केन्द्रका मन्त्रीले किन गरे एकसाथ बहिस्कार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीका नाममा गर्ने सम्वाेधन कार्यक्रम पूर्व माओवादी केन्द्रका तर्फबाट मन्त्री हुने अधिकांश मन्त्रीले बहिस्कार गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरेका थिए । तर , गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री […]
नेपाली सेनाले खोल्यो ठूलो संख्यामा नयाँ भर्ना
काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । मंगलबार नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै लेखा जमदार कर्मचारी (लेखा जम.क.), सहायक पण्डित हुद्धा (स.प.हु.), अमल्दार कर्मचारी (अ.क.), सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्यय बादन (ब्रास ब्याण्ड) तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुको लागि […]
ओली सरकारमाथि कांग्रेस बुँदागत आलोचनाको वर्षा
काठमाडौँ । नयाँ वर्षको पहिलो दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले टर्रा गालीगलौज गरेर देशवासीका नाममा सम्वोधन गरे । सबैप्रति आलोचना गरिरहने प्रधानमन्त्री ओलीले कम्तिमा नयाँ वर्षका दिन नयाँ शैली र विषयवस्तुसहित सम्वोधन गर्ने अपेक्षा धेरैको थियो । तर, त्यस विपरित पुरानै शैलीमा नन्दी र भृंगी भन्दै प्रम ओली गालीमै उत्रेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले […]
हेर्दा हेर्दै सँगै उभिएको साथीलाई जहाजले किच्यो, रौ रौले बचेका साथीको यस्तो अनुभव
सोलुखुम्बु, २ वैशाख । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए। पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला यति बेला निक्कै व्यस्त रहन्छ। आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण चलिरहेका […]
सुतेको बेला रात्रीबस जलाउने युवक पक्राउ
मोरङ । सुतेका बेला अागाे लगाएर यात्रुबस जलाउने एक व्यक्ति पक्राउ परेका छन् । मोरङको उर्लाबारीमा एक यात्रीले सोमबार बिहान आगजनी गरेर बस पूरै जलाएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका ७ मा केहीदिनदेखि हल्ट गरिराखेको बसमा सर्लाहीको लालबन्दी घर भएका रामहरि माझीले आगजनी गरेकाे प्रहरीले जनाएकाे छ। ३० वर्षिय माझीले रोकिराखेको […]
लुक्ला दुर्घटनाको छानबिन गर्न समिति बन्यो
काठमाडौ । सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । सो समितिमा नेपाल वायुसेवा […]
ढलान गरेको २ दिनमै भत्कियो तीन करोडको पुल
बुटवल। गुल्मीको बडिगाढ खोलाको पक्की पुल भत्किँदा पाँच जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नं ३ र वडा नं ७ जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो । पुल भत्किएपछि च्यापिएर निर्माण व्यवसायी कृषिराम इटानी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताए । त्यस्तै मुसिकोट नगरपालिका ३ का […]









