गुठी विधेयक खारेजीको माग गर्दै फेरी चर्कियो आन्दोलन( फोटो फिचर / भिडियो )

काठमाडौँ, १०, असार । सरकारले संसदमा पेश गरेर फिर्ता लिएको गुठी विधेयक खारेज गर्नुपर्ने मागसहित सोमबार काठमाडौं, ललितपुर ,किर्तिपुर लगाएतका स्थानमा बिरोध र्ह्याली निकालिएको छ ।

गुठी विधेयक खारेजीको माग राख्दै आएको राष्ट्रिय पहिचान संरक्षण संघर्ष समिति र नेवार समुदाय छाता संगठन नेवा दे दबु: सम्मिलित समाज तथा गुठिले १२ स्थानमा साँझ बिरोध र्ह्याली गरेका हुन् । काठमाडौँको जुद्दा सालिकबाट निकालिएको र्ह्याली रत्नपार्क ,भद्रकाली ,शहितगेत हुदै भित्रि शहर भएर बसन्तपुर डबलीमा पुगी सभामा परिणत भएको थियो ।

सडकमा निस्किएको र्य्लालीका कारण रत्नपार्क ,सहितगेत वरपर सवारी आवागमनमा समेत प्रभाव परेको थियो । सो क्रममा र्यालीसहभागीले सरकार बिरुद्द नाराबाजी समेत गरेको छ । 

सरकारले गुठी विधेयक खारेज नगरे असार ४ गते माईतीघर मण्डलामा गरिएको खबरदारी सभा भन्दा बृहत रुपमा आन्दोलन चर्काउने राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले बताएको छ ।

 भूमि व्यवस्था मन्त्रालले गएको शुक्रबार विधेयक फिर्ता लिन औपचारिक पत्र राष्ट्रियसभामा पठाए पश्चात राष्ट्रियसभाले मंगलबार १० गते प्रक्रिया अगाडी बढाइने भएको छ । 

झीगु स: मंका स: ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಸೋಮವಾರ, ಜೂನ್ 24, 2019

Loading...