पचाल झरना गाउँपालिकाको बजेट प्रस्तुत

कालिकोट, असार १०। कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि करिब २६ करोड ७ लाखको बजेट पेश गरेको छ । गाउँपालिका प्रमुख खड्गराज सेजुवालले मंगलबार बजेट पेश गर्दै गाउँपालिकालाइ कर्णाली प्रदेश कै नमुना गाउँपालिका बनाउने उद्घोष गरे । गाउँपालिकाले सडक निर्माण, खानेपानीको पहुचमा बृद्धि, शिक्षा र स्वास्थ्य सेवाको सहज उपलब्धता को ब्यबस्थालाई […]

घुसको रकमसहित सल्यानमा इकाइ प्रमुख वली पक्राउ

  सल्यान । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख धनबहादुर वली घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई २५ हजार नगद रुपैयाँ घुस लिएको रकमसहित पक्राउ गरेको हो । गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत वलीलाई शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिएको अवस्थामा […]

बालबालिकालाई मोबाइल र टिभीबाट सुरक्षित राख्ने चुनौती

प्रविधिको स्वस्थकर प्रयोगका लागि बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग निषेध गर्न ब्रिटेनका स्वास्थ्य प्रमुखहरूले सुझाव दिएका छन्। नयाँ निर्देशिकाका अनुसार बालबालिकाहरूलाई एक पटकमा दुई घण्टाभन्दा लामो समय मोबाइल फोन वा टिभी हेर्न दिनु उचित छैन। उनीहरूले प्रविधि कम्पनीहरूलाई बालबालिकालाई सुरक्षित राख्न थप सावधानी अपनाउन पनि भनेका छन्। ब्रिटेनका स्वास्थ्य मन्त्रीले तस्बिर […]

ललितपुर महानगरपालिकाको आर्थिक बर्षको बजेट पाँच अर्ब १७ करोड,कुन शीर्षकमा कति ?

  ललितपुर, असार १० गते । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७को लागि पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपियाँको बजेट पारित गरेको छ । ललितपुर महानगरपालिकाले मंगलबार चौथौं नगरसभामा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त बजेट पेश गर्दा सर्वसम्मतले पारित गरेको छ । बजेटमा मुख्यगरी पूर्वाधार विकासका लागि दुई अर्ब ७३ लाख ६३ हजार, […]

जथाभाबी पार्किंग गरे लाग्ने भयो १० हजार रुपैयाँसम्म जरिवाना

अषार १० / काठमाडौं महानगरपालिकाले ब्यबस्थित शहरको बनाउने उदेश्यले जथाभाबी अनधिकृति रुपमा पार्किङ गरेमा १० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । महानगर पालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक गरेको बजेटमा सवारी र सवारीको सि.सी क्षमता अनुसार भिन्दा भिन्दै जरिवानाको व्यवस्था गरेको छ ।  महानगरपालिकाले सार्वजनिक गरेको पटके जरिवाना अनुसार जथाभाबी अनधिकृत रुपमा मोटरसाइकल […]

‘बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पूनर्गठन हुन्छ : पौडेल

काठमाडौं, १० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भैरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताएका हुन् । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित […]

बुटवलको ऐतिहासिक टक्सार घरमा सेनाको व्यापारिक भवन: इतिहास मासेको गुनासो

तत्कालीन पश्चिमी कमाण्डर जनरल प्रताप शमशेरले विसं १९६० को दशकमा बुटवलमा सिक्का छाप्न बनाएको घर रहेको ठाउँमा अहिले नेपाली सेनाले ुव्यापारिक प्रयोजनकोु ठूलो भवन निर्माण गरेको छ। टक्सार भवनु नाम दिएर सेनाले बुटवल उपमहानगरिपालिका अमरपथमा निर्माण गरेको भवन भाडामा दिन माघ ३ गते आफ्नो वेबसाइटमा टेण्डर मागेको थियो। स्थानीय ७४ वर्षीय रविन्द्रगोपाल लाकौल ऐतिहासिक सम्पदा […]

अन्तर्राष्ट्रिय उडानमा वायुसेवा निगमले थप्यो नयाँ गन्तब्य तालिका

अषार १०, काठमाडौँ / नेपाल वायुसेवा निगमबाट अन्तर्राष्ट्रिय गन्तव्य बढाउँदै लैजान विभिन्न प्रयास थालिएको छ । जस अनुसार दिल्ली सेक्टरका लागि हप्ताको १४ उडान भइरहेकोमा २१ बनाउने योजना अनुसार स्लट प्राप्त भइसकेको  निगमले  सोमबार प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ । जसअनुसार अब दिल्लीका लागि प्रति हप्ता ११ उडान रहेकोमा हाल १४ पु¥याइएको छ । […]

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ टोली आउँदै

दैलेख, १० असार । जिल्लाका सिरिस्थान नावीस्थान, कोटिला, धुलेश्वर लगायत क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली आउने भएको छ । जमिनमुनिबाट पेट्रोलियम ग्यास निस्किरहेको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम अन्वेषण औपचारिकरुपमा सुरु गर्न चिनियाँ टोली आउन लागेको हो। नेपाल र चीनबीच लामो छलफलपछि चीनको विशेषज्ञ टोली ग्याँस अन्वेषणका लागि यही असार १५ गते दैलेख […]

राष्ट्रिय शिक्षा ऐनको मस्यौदाः बोर्डको अध्यक्षमा खुला प्रतिस्पर्धा हटाएर सिधै शिक्षासचिव !

काठमाडौं । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा खुला प्रतिस्पर्धाको व्यवस्था हटाएर सिधै शिक्षा सचिव अध्यक्ष बन्ने व्यवस्था सहित राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारेका छन् । हाल अर्थ मन्त्रालयको स्वीकृतिपश्चात् कानुन मन्त्रालयमा रायका लागि पठाइएको ऐनको मस्यौदामा यस्तो व्यवस्थाको प्रस्ताव गरिएको हो । हाल राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट छनोट हुने गरेको छ । […]