जथाभाबी पार्किंग गरे लाग्ने भयो १० हजार रुपैयाँसम्म जरिवाना

अषार १० / काठमाडौं महानगरपालिकाले ब्यबस्थित शहरको बनाउने उदेश्यले जथाभाबी अनधिकृति रुपमा पार्किङ गरेमा १० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।

महानगर पालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक गरेको बजेटमा सवारी र सवारीको सि.सी क्षमता अनुसार भिन्दा भिन्दै जरिवानाको व्यवस्था गरेको छ । 

महानगरपालिकाले सार्वजनिक गरेको पटके जरिवाना अनुसार जथाभाबी अनधिकृत रुपमा मोटरसाइकल पार्किङ गरेको खण्डमा १ हजार रुपैयाँसम्म जरिवाना लगाउने छ ।

त्यस्तै, ३ पांग्रे सवारीलाई २ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

त्यस्तै, १ हजार सिसी क्षमता भएका सवारी साधनका लागि २५ सय रुपैयाँ, १ हजार सिसीदेखि १५ सय सिसी क्षमता भएका सवारीलाई ५ हजार रुपैयाँ जरिवाना लगाउने छ ।

भने १५ सय सिसी क्षमता भएका सवारीलाई ७ हजार रुपैयाँ र २२ सय सिसी क्षमताभन्दा माथिका सवारी साधनलाई १० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । 

Loading...