पचाल झरना गाउँपालिकाको बजेट प्रस्तुत

कालिकोट, असार १०। कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि करिब २६ करोड ७ लाखको बजेट पेश गरेको छ ।

गाउँपालिका प्रमुख खड्गराज सेजुवालले मंगलबार बजेट पेश गर्दै गाउँपालिकालाइ कर्णाली प्रदेश कै नमुना गाउँपालिका बनाउने उद्घोष गरे ।

गाउँपालिकाले सडक निर्माण, खानेपानीको पहुचमा बृद्धि, शिक्षा र स्वास्थ्य सेवाको सहज उपलब्धता को ब्यबस्थालाई प्रमुख प्राथमिकता दिएको प्रमुख सेजुवालले जानकारी दिए ।
बजेटमा सडक निर्माण र स्तारोंनातिमा २ करोड, खानेपानी सुबिधाको उपलब्धतामा १ करोड तथा स्वास्थ्य र शिक्षाको लागि ८०/८० लाख बिनियोजन गरेको गाउँपालिका प्रमुख सेजुवालले बताए।

गाउँपालिकालाई वित्तिय अनुदान अन्तर्गत केन्द्र बाट ८ करोड ५५ लाख प्रदेशबाट१ करोड ५८ लाख तथा स्थानीय स्तरमा राजस्व संकलनबाट करिब १५ लाख प्राप्तहुने गाउँपालिका प्रमुखले बताए ।

गाउँपालिकाको चालुखर्च ब्यबस्थापन गर्नको लागि केन्द्रबाट अनुदानबाट ५ करोड तथा ससर्त अनुदानबाट करिब १० करोड प्राप्त हुने कुरा गाउँपालिका प्रमुखले ननस्टप खबरलाई जानकारी दिए। यो आर्थिक वर्षमा सबै वडामा सडक संजाल निर्माण भैसक्ने पनि बताए।

Loading...