शाकिबले रेकर्डको वर्षा गर्दा बंगलादेशसंग अफगानिस्तान पराजित

इंग्ल्याण्डमा जारि आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत ३१ औं खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ।

जितसंगै बंगलादेश विश्वकप अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ र सेमीफाइनल पुग्ने सम्भावनालाई जिवितै राखेको छ। ७ खेलमा बंगलादेशले ३ जित, ३ हार र १ नतिजाविहिन अंकसहित ७ अंकनै बटुलेको छ। प्रतियोगितामा यस अघि बंगलादेशले वेस्ट इन्डीज र दक्षिण अफ्रीकालाई पराजित गरेको थियो। बंगलादेशले अब भारत र पाकिस्तानसंग गरि २ वटा खेल खेल्न बाँकी रहेको छ।

रोज बल स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २६२ रन बनाएको थियो। २६३ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ४७ ओभरमा सबै विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको लागि समीउल्लाह शिनवारले अविजित ४९ रन, गुल्बदीन नैबले ४७, रहमत शाले २४, नजीबुल्लाह जद्रानले २३ तथा अस्घर अफ्घानले २० रन बनाए। एकसमय १३२/६ को अवस्थामा रहेको अफगानिस्तानलाई नाजिबुल्लाह र समीउल्लाहले सातौँ विकेटको लागि ५६ रनको साझेदारी गर्दै जितको आशा प्रदान गरेका थिए।

शाकिब अल हसनले उत्कृस्ट बलिंग गर्दै ५ विकेट लिंदा अफगानिस्तानको विश्वकपमा पहिलो खेल जित्ने आशा आशामै सिमित रह्यो। शकिबले १० ओभरमा १ मेडन ओभर गर्दै मात्र २९ रन खर्चेर ५ विकेट हात पारे। यस्तै मुस्तफिजुर रहमानले २ तथा मोहम्मद सैफुद्दीन र मोसद्द्क होसेनले १/१ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा बंगलादेशको लागि मुस्फिकुर रहिमले सर्वाधिक ८३, शकिब अल हसनले ५१ रन बनाएका थिए। शकिब र मुस्फिकुरले तेश्रो विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए। अफगानिस्तानको बलिंगमा मुजिब उर् रहमानले सर्वाधिक ३ विकेट तथा गुल्बदिन नैबले २ तथा दौलत जद्रान र मोहम्मद नबिले १/१ विकेट लिए।

शाकिबको रेकर्डनै रेकर्ड 

खेलमा अत्यन्त उत्कृस्ट बलिंग गर्ने क्रममा ५ विकेट लिएका शाकिबले १० ओभरमा मात्र २९ रन खर्चिए। यस क्रममा उनले निम्न रेकर्डहरु बनाएका छन् –

एकै खेलमा अर्धशतक र ५ विकेट 

एकै एकदिवसीय अन्तर्राष्ट्रियमा ५ विकेट र अर्धशतक समेत बनाउने शकिब पहिलो बंगलादेशी क्रिकेटर बनेका छन्। यस्तै युबराज सिंह पछि विश्वकपमा अर्धशतक र ५ विकेट लिने उनि दोश्रो क्रिकेटर बनेका छन्।

विश्वकपमा बंगलादेशी खेलाडीको उत्कृस्ट बलिंग 

विश्वकप इतिहासमा बंगलादेशी खेलाडीले ५ विकेट लिएको यो नै पहिलो अवसर हो। यस अघि शफिउल इस्लामले आयरल्याण्ड बिरुद्ध २०११ विश्वकपमा २१ रन खर्चेर ४ विकेट लिएको उत्कृस्ट बलिंग स्पेल थियो।

विश्वकपमा १००० रन र ३०+ विकेट

विश्वकप क्रिकेट इतिहासमा १००० रन माथि र ३० भन्दा बढी विकेट लिने शाकिब विश्वकै पहिलो क्रिकेटर बनेका छन्।

विश्वकपमा स्पिनरको सबैभन्दा उत्कृस्ट स्पेल 

शाकिबको स्पेल विश्वकप क्रिकेट इतिहासमा स्पिनरहरु मध्येको उत्कृस्ट हो। ५ विकेट भन्दा बढी कुनै स्पिनरले विश्वकपमा लिन सकेका छैनन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा बंगलादेश स्पिनरको उत्कृस्ट बलिंग 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा शाकिबको स्पेल बंगलादेशी स्पिनरको इतिहासकै उत्कृस्ट हो। सन् २००९ मा अब्दुर रज्जाकले जिम्बाबे बिरुद्ध पनि २९ रन दिएर ५ विकेट लिएका थिए जसको बराबरी शाकिबले गरेका हुन्।

शकिबको व्यक्तिगत उत्कृस्ट बलिंग 

एकदिवसीय अन्तर्राष्ट्रियमा शाकिबले ५ विकेट लिएको यो दोश्रो अवसर हो भने योनै उत्कृस्ट स्पेल हो। यस अघि जिम्बाबे बिरुद्ध उनले २०१५ मा ४७ रन खर्चेर ५ विकेट लिएका थिए।

जारि विश्वकपमा उत्कृस्ट लयमा रहेका शकिबले इंग्ल्याण्ड र वेस्ट इन्डिजसंग गरि २ वटा शतक प्रहार गरिसकेका छन्। ६ खेलमा कुल १० विकेट लिएका शाकिबले कुल ४७६ रन बनाइसकेका छन्

Loading...