काठमाडाैं, १७ साउन । काठमाडौं महानगरपालिकाको फोहोर बाेक्ने गाडीले शुक्रबार बिहान सिफलचौरमा भयानक दुर्घटना गराएको छ । काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने बा १ ग २२९८ नम्बरको गाडी जयवागेश्वरी मन्दिरबाट भण्डारखालको जंगल सकिएलगत्तै मोडमा २ फिट अग्लो माटोको ढिस्को नाघेर अर्को साइडको बाटोमा पार्किङमा रहेका ट्याक्सीमाथि चढेको हो। रक्सी खाएका चालकले गाडी हुँक्याइँदा गम्भीर दुर्घटना भएको […]
समाचार
न्यून चापीय रेखा नेपालतर्फ सर्न थालेपछि मौसम महाशाखाले जारी गर्यो २४ घण्टे चेतावनी
काठमाडौं, १७ साउन। मौमस पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै २४ घण्टे चेतावनी जारी गरेको छ। महाशाखाले भनेको छ– देशको केही स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन […]
सिसी क्यामेराको एउटा फुटेजले पक्राउ परे गगन
सुर्खेत, १७ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ । बुधबार मध्याह्न १२ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडकखण्डमा एक वृद्धा महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भई हाल वीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत […]
टिपर चालकसँग घुस लिँदै गरेका प्रहरीलाइ सडकमै समात्यो अख्तियारले
काभ्रे, १७ साउन । टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो । बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा […]
मध्यरातमा पहिरो खस्दा आमाछोरीको मृत्यु, थुप्रै घाइते
बाजुरा, १७ साउन । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले […]
महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या
महोत्तरी । महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ । हत्या गरिएको अवस्थामा उनको शव फेला परेको हो । मनरा सिस्वा नगरपालिका-२ इटहर्वाको उखु खेतमा शव फेला परेको प्रहरीले पुष्टि गरेको छ । प्रहरीको अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । खेतमा शव देखेपछि बिहीबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव […]
जनकपुरमै दुईवटा टाउको भएको असामान्य बच्चा जन्मिएपछि
जनकपुरमा एक महिलाले असामान्य बच्चाको जन्म दिएकी छन् । उनले दुईवटा टाउको भएको असामान्य बच्चालाई जन्म दिएपछि चिकित्सक स्वयम् अचम्ममा परेका छन् । जनकपुरधाम स्थित मिहिलाल इन्टरनेशनल हस्पिटलमा सिरहा जिल्लाको कर्जन्हा नगरपालिका बल्टिया बस्ने २५ वर्षिय सविता वैधले उक्त अचम्मको शिशुलाई जन्म दिएकी हुन् । सविताले गर्वभती भएको ६ महिनामै बिहिवार बेलुका साढे ५ बजे […]
शिक्षक लाईसेन्स विज्ञापनको फारम भरेकाले अनलाइनबाटै प्रवेश पत्र प्रिन्ट गर्न पाउने
काठमाडौं । शिक्षक सेवा आयोगले पहिलोपटक अनलाइनबाट फारम भर्ने गरी खुलाएको शिक्षक लाइसेन्सको विज्ञापनको परीक्षाका लागि प्रवेशपत्र पनि अनलाइनबाटै वितरण गर्ने भएको छ । आयोगले अनलाइनबाटै परीक्षार्थीले आफै प्रवेशपत्र निकाल्न मिल्ने गरी तयारी गरिरहेको जनाएको छ । आयोगले परीक्षाका लागि परेका आवेदन सिस्टममा राख्ने काम भइरहेको र त्यसलाई एकपटक परीक्षार्थीलाई रिभ्यु गर्न दिने र ठीक […]
सासूलाई बलात्कार गरेको आरोपमा ज्वाइँ पक्राउ
सल्यान । सल्यानमा दिदी सासूलाई बलात्कार गरेको आरोपलाई ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षिया दिदी सासूलाई बलात्कार गरेको आरोपमा ४२ वर्षिय ज्वाइँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ । कपुरकोट गाउँपालिका वडा न ५ रिम निवासी दिदी सासूलाई मंगलबार घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ज्वाईलाई पक्राउ गरिएको इलाका […]
खुला तर्फको निमावि तहको नतिजा केही दिनमै
१६ साउन, काठमाडौं । शिक्षक सेवा आयोगले केहि दिनमै खुला तर्फको निम्न माध्यमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने भएको छ । हाल जिल्लाबाट आएका व्यक्तिगत फाइलहरुको इन्ट्री सकेर रुजु गर्ने काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । रुजुको काम सकिएलगत्तै अन्तिम नतिजा सार्वजनिक हुने आयोगले स्पष्ट पारेको छ । ‘जिल्लाबाट आएका फाइलहरु इन्ट्री […]










