जनकपुरमै दुईवटा टाउको भएको असामान्य बच्चा जन्मिएपछि

जनकपुरमा एक महिलाले असामान्य बच्चाको जन्म दिएकी छन् । उनले दुईवटा टाउको भएको असामान्य बच्चालाई जन्म दिएपछि चिकित्सक स्वयम् अचम्ममा परेका छन् ।

जनकपुरधाम स्थित मिहिलाल इन्टरनेशनल हस्पिटलमा सिरहा जिल्लाको कर्जन्हा नगरपालिका बल्टिया बस्ने २५ वर्षिय सविता वैधले उक्त अचम्मको शिशुलाई जन्म दिएकी हुन् ।

सविताले गर्वभती भएको ६ महिनामै बिहिवार बेलुका साढे ५ बजे दुई टाउको भएको बच्चा जन्माएको अस्पतालले जानकारी गरेको हो ।

६ महिनाको गर्वभती सवितालाइ दिउँसो २ बजेदेखि पेट दुख्न थालेपछि ४ बजे जनकपुरस्थित मिहिलाल इन्टरनेशनल हस्पिटलमा डा. रुबि सिंहले अप्रेसन गर्दा २ वटा टाउको भएको बच्चालाई सफल शल्यक्रिया गरि बाहिर निकालेको हस्पिटल प्रमुख रामबाबु यादवले जानकारी दिए ।

सुत्केरी सविताको स्वास्थ्य अवस्था राम्रो रहेको भएपनि २ टाउको भएको कन्ज्वाइण्टेड टुन्स हेड वेवि जन्मिएको अस्पतालको भनाइ छ ।

तर सो बच्चाको जन्मेको एक घण्टामा नै मृत्यु भएको छ । बच्चाको टाउको २ वटा भएपनि घाँटी भन्दा तलको भाग एउटै भएकाले बचाउन नसकिएको अपरेसनमा संलग्न डाक्टर रुबि सिंहले भनिन् ।

Loading...