काङ्ग्रेस एकढिक्का भए कसैले हराउन सक्दैनः महामन्त्री कोइराला

काठमाडौँ, १२ असोज । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस एकढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताएका छन । नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा उनले काङ्ग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । “काङ्ग्रेस गुटरहित र एकढिक्का भए अर्को निर्वाचनमा कसैले हराउन […]

यथार्थ बुझेर मात्रै पत्रकारले समाचार लेख्नुपर्छ : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १२ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताएका छन । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले समाचार सन्सनी बनाउने नाममा मिथ्या समाचार सम्प्रेषण गरिएकामा रोष प्रकट गरे । उनले भने, “समाचार सन्सनी बनाउने नाममा तथ्यहीन समाचार […]

शहरी सौन्दर्य बिगार्ने तार दशैँअगावै व्यवस्थित गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ, १२ असोज । शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ । गम्भीर दुर्घटनासमेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुनै जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले त्यस्ता तार तत्काल व्यवस्थित गर्न अन्यथा, त्यस्ता तार […]

India-supported school building inaugurated

Kathmandu, Sept 29 . A three-storey building of Kuleshwor Awas Secondary School at Kathmandu Metropolitan City-14 built with financial assistance of the Indian government has been inaugurated. Deputy Chief of Mission in Embassy of India in Kathmandu Dr Ajay Kumar and District Coordination Committee, Kathmandu’s Chairperson Shiva Sundar Raj Baidya and ward no 14’s Chairperson […]

तोकियो जनवर्गीय सङ्गठनका इञ्चार्ज

इलाम, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )ले पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादीबीचको एकतालाई तीव्रता दिँदै जनवर्गीय सङ्गठनको इञ्चार्ज तोकेको छ । नेकपाको १६ जनवर्गीय सङ्गठनमध्ये बुद्धिजीवी इञ्चार्जमा रामबहादुर राना तोकिनुभएको छ । महिला इञ्चार्जमा पार्टी जिल्ला सचिव सिन्धु राई चयन हुनुभएको छ । यस्तै, उद्योग व्यवसायीमा भक्त केसी, पेशागतमा महेश बस्नेत, […]

अमेरिकामा पाँच जनालाई छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए

वासिङ्टन, १२ असोज । अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ । ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको अधिकारीहरुले जनाएका छन् । बाल्टीमोर प्रहरीले जारी गरेको वक्तव्यमा छुरा […]

चीनमा ३६ जनाको मृत्यु, ३६ घाइते

नान्जिङ, चीन, १२ असोज । चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए […]

गोरखा दरबारको दशैँ घरमा विधिपूर्वक जमरा राखियो

गोरखा, १२ असोज । गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर ३५ मिनेट अर्थात् १२ घडी २७ पलामा जौको जमरा राखिएको मन्दिरका मूल पुजारी लीलाबहादुर बोहोराले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौँ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र […]

नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन

 चितवन, १२ असोज । त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ । सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौँले हेर्ने गर्दछ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मतसम्भार गर्न निकै कठिन […]