शिक्षक लाईसेन्स विज्ञापनको फारम भरेकाले अनलाइनबाटै प्रवेश पत्र प्रिन्ट गर्न पाउने


काठमाडौं । शिक्षक सेवा आयोगले पहिलोपटक अनलाइनबाट फारम भर्ने गरी खुलाएको शिक्षक लाइसेन्सको विज्ञापनको परीक्षाका लागि प्रवेशपत्र पनि अनलाइनबाटै वितरण गर्ने भएको छ ।

आयोगले अनलाइनबाटै परीक्षार्थीले आफै प्रवेशपत्र निकाल्न मिल्ने गरी तयारी गरिरहेको जनाएको छ ।

आयोगले परीक्षाका लागि परेका आवेदन सिस्टममा राख्ने काम भइरहेको र त्यसलाई एकपटक परीक्षार्थीलाई रिभ्यु गर्न दिने र ठीक भएको जानकारी आउनसाथ अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने गरी व्यवस्थापनको तयारी भइरहेको जनाएको हो ।

परीक्षार्थीले अनलाइनबाटै भरेको विवरण ठीक भएनभएको निक्र्योल गर्ने र अनलाइनबाटै प्रवेशपत्र प्रिन्ट गर्न दिने व्यवस्था गर्ने तयारी भइरहेको आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले जानकारी दिए ।

अब केही दिनमै विवरण हेर्न दिन आयोगको तयारी रहेको डा. थपलियाले  जानकारी दिए ।

उनका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् ।

जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको डा. थपलियाले जानकारी दिए ।

Loading...