महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

महोत्तरी । महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ । हत्या गरिएको अवस्थामा उनको शव फेला परेको हो ।

मनरा सिस्वा नगरपालिका-२ इटहर्वाको उखु खेतमा शव फेला परेको प्रहरीले पुष्टि गरेको छ । प्रहरीको अनुसार मृतकको पहिचान खुल्न सकेको छैन ।

खेतमा शव देखेपछि बिहीबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव रगतले लतपतिएको अवस्थामा फेला परेको हो । शव हेर्दा ३०/ ३२ बर्षका युवक भएको जनाइएको छ । पोष्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Loading...