कपिलवस्तुमा एक नेतामाथि गोली प्रहार

बुटवल, १६ साउन । कपिलवस्तुमा गाेली प्रहारका घटना बढ्न थालेका छन । पछिल्लाे समय बिहीबार समाजवादी पार्टीका एक स्थानीय नेतामाथि गोली प्रहार भएको छ । अज्ञात समूहले समाजवादी पार्टीका कपिलवस्तु जिल्ला शुद्धोधन गाउपालिकाका अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार गरेको हो । मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेकाे स्थानीयले जनाएका छन् । उनको हातको […]

पत्रकार महासंघ फेरि आन्दोलनमा जाने तयारीमा

काठमाडौं, १६ साउन । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ फेरि आन्दोलनमा जाने भएको छ । यसअघि सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विरुद्धमा सडक आन्दोलनमा उत्रेको महासंघ यसपटक श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि सडकमा उत्रन खोजेको हो । नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिको आज बसेको बैठकले श्रमजीवी पत्रकार ऐन–२०५१ कार्यान्वयनका लागि […]

पत्रकारका पक्षमा उल्लेख्य काम भएको समितिको दावी

काठमाडौँ, १६ साउन । न्यूनतम पारिश्रमिक निर्धारण समितिले गत आर्थिक वर्षमा श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीका हितमा उल्लेखनीय कानूनी अधिकार स्थापित गर्न सफल भएको जनाएको छ । सरकारले तीन वर्षदेखि वृद्धि हुन नसकेको श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिक सोही अवधिमा २५ प्रतिशत वृद्धि गरेको थियो । अध्यक्ष गङ्गाधर पराजुलीले समितिले पारिश्रमिक वृद्धि गर्न सरकारलाई […]

शेयर बजार; नेप्से सामान्य अङ्कले घट्यो

काठमाडौँ, १६ साउन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ । कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर […]

साइबर अपराध चुनौतीपूर्ण बन्दै

चितवन, १६ साउन । पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । भोटाहिटीस्थित प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा यहाँ आज आयोजित महिला तथा बालबालिका विरुद्ध हुने ‘साइवर अपराध सचेतनामूलक कार्यक्रम’मा सहभागी बक्ताहरूले यस्तो बताएका हुन् । अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको सो […]

सबै पालिकामा स्तनपान कक्ष स्थापना हुँदै

काठमाडौँ, १६ साउन । काखमा नवजात शिशु छ, स्तनपान गराइरहनुपर्छ । सेवा लिन स्थानीय सरकार गाउँपालिका÷नगरपालिका तथा प्रदेश जानुपरेको छ । नजिकको सरकारको भवनमा स्तनपान मैत्री संरचना छैनन् ।यो समस्याको अब अन्त्य भएको छ । पालिका तथा प्रदेश कार्यालयले अनिवार्य आफ्ना भवनमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान सरकारले कार्यान्वयनमा ल्याउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

चोरीको मोटरसाइकल सहित तीन पक्राउ

काठमाडौँ, १६ साउन । काठमाडौँ उपत्यकाको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर नौखण्टेका २० वर्षीय अनिल लामा, मकवानपुर इन्द्रसरोवर गाउँपालिका– ४ का १७ वर्षीय जीवराज तामाङ र काठमाडौँ चन्द्रागिरि नगरपालिका–९ का १८ वर्षीय सन्दीप तामाङ रहेका छन् । चोरी गरी ल्याउँदै गरेको बा३६प ८६९३ र […]

पछिल्लो समय गड्यौला मलमा आकर्षण

गोरखा, १६ साउन । पछिल्लो समय जिल्लाका किसानले रासायनिक मलको सट्टामा गड्यौला मल प्रयोग गर्न थालेका छन् । विशेषगरी अमिलो जातका फलफूलका बोटबिरुवामा किसानले गड्यौला मल बढी प्रयोग गर्न थालेका हुन् । “कागती, सुन्तला, निबुवालगायत फलफूलको बोटबिरुवामा गड्यौला मल प्रयोग गर्दा फल राम्रो दिने गरेको पाइयो”, पालुङटार नगरपालिका–९ पाण्डेबेसीका कृषक धनमाया थापाले भने, “आफँैले बनाउन […]

वनसम्बन्धी अपराधका घटना घट्यो

लम्की, १६ साउन । कैलाली जिल्लामा वन बिनास र वन्यजन्तु अपराधका घटनामा कमी आएको छ । कैलाली डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले आर्थिक वर्ष २०७५÷०७६ मा चितुवा र बाघको तस्करी शून्यमा झरेको बताए।आर्थिक वर्ष २०७५÷०७६ उक्त कार्यालयमा काठ चोरी निकासीमा संलग्न छ जना पक्राउ परेकामा दुई वटा मात्रै मुद्दा दायर गरिएको उनले जानकारी दिए। […]

मोबाइल चलाउँदा एक किशोरको मृत्यु

विराटनगर, १६ साउन । मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो । यस […]