कपिलवस्तुमा एक नेतामाथि गोली प्रहार

बुटवल, १६ साउन । कपिलवस्तुमा गाेली प्रहारका घटना बढ्न थालेका छन । पछिल्लाे समय बिहीबार समाजवादी पार्टीका एक स्थानीय नेतामाथि गोली प्रहार भएको छ ।

अज्ञात समूहले समाजवादी पार्टीका कपिलवस्तु जिल्ला शुद्धोधन गाउपालिकाका अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार गरेको हो । मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेकाे स्थानीयले जनाएका छन् । उनको हातको पाखुरामा गोली लागेको छ । उनी खतरामुक्त रहेको समाजवादी पार्टी प्रदेश ५ संसदीय दलका नेता सहसराम यादवले बताए ।

गोली कसले के कारणले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादव शुद्धोधन गाउपालिका वडा नम्बर ५ हथियाबासी हुन् । उनको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ ।

Loading...