वालिङ, १६ साउन । रोजगारीका लागि ऋण काढेर भएपनि विदेशिनुपर्ने धेरै युवाको बाध्यता छ । तर, रोजगारीका लागि देश छाड्ने युवाको भीडमा एउटा स्थानीय तहले भने उद्यमी हुन चाहने युवा खोज्न व्यस्त छ । वालिङ नगरपालिकाले देशभित्रै उद्यमी बनेर काम गर्नसक्ने युवाको खोजी गरिरहेको हो । आगामी ९ महीनाभित्र एक हजार युवालाई उद्यमी बनाइने उद्देश्यले […]
समाचार
युवा दिवस साताव्यापी मनाइने
काठमाडौँ, १६ साउन । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने भएको छ । आगामी २७ गते मनाउन थालिएको दिवस युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा मनाइन थालिएको हो । यस वर्ष दिवसको अन्तरराष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ र नेपालको नारा ‘शिक्षामा रुपान्तरण ः उद्यमशीलता र नवप्रवर्तन’ रहेको छ । गुणस्तरीय र व्यावसायिक […]
एकैरात नेपालगञ्जका नौ पसलमा चोरी गर्ने बालक पक्राउ
धम्बोझी, १६ साउन । एकैरात नेपालगञ्जका नौ पसलमा दुई बालकले चोरी गरे । खजुरा, कोहलपुर, राँझा, बर्दियाको बाँसगढीसम्मका ती पसलमा हिजो राति कालु र दामु नामका बालकले चोरी गरेका थिए । बाँकेको नेपालगञ्ज र बर्दियाको बजारमा हुने स–साना चोरीमा बालकको संलग्नता देखिएको प्रहरीले जनाएको छ । नेपालगञ्जका नौ वटा पसल र आसपासमा शृङ्खलाबद्ध चोरीमा संलग्न […]
बाढीबाट १५ करोडभन्दा बढीको क्षति
गौशाला, १६ साउन । जिल्लाको रातु, मरहा र औरही नदीमा आएको बाढीले ६ हजार ११२ मिटर तटबन्ध बगाएको छ । जनताको तटबन्ध फिल्ड कार्यालय २ महोत्तरीका अनुसार रातु नदीले चार हजार १७ मिटर, औरही नदीले दुई हजार ५० र मरहा नदीले ४५ मिटर तटबन्ध तथा रिभेटमेन्ट बगाउनाका साथै क्षतिग्रस्त बनाएको छ । सोबाट रु १५ […]
व्यावसायिक टिमुर खेती शुरु
बेझाड, १६ साउन । जडीबुटीभित्र पर्ने टिमुर खेती पाल्पाबाटै हराउन थालेपछि संरक्षणका लागि पकेट क्षेत्रका रुपमा विस्तार गरिन थालिएको छ । जिल्ला वन कार्यालय पाल्पाले तीन वटा पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेको छ । निस्दी गाउँपालिकाको अर्चले, रिब्दिकोट गाउँपालिकाको ठिमुरे र रैनादेवी छहरा गाउँपालिकाको सत्यवती क्षेत्रलाई पकेट क्षेत्रका रुपमा छनौट […]
सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा
पाल्पा, १६ साउन । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा छ ।सामाजिक–सांस्कृतिकरुपमा तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित सत्यवती ताल क्षेत्रको महत्वको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । सत्यवती ताल क्षेत्र पहाडको टुप्पोमा फैलिएको छ । ताल क्षेत्र वरपर बाजे र बज्यैको मन्दिर छ । घनाजङ्गलको बीच भागमा रहेको ताल यस […]
दुई दर्जन एनसेल टावरमा आगजनी
काठमाडौँ, १६ साउन । मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पु¥याएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको हो । बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मको […]
भन्सार प्रशासनलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध
काठमाडौँ, १६ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए । भन्सार विभागले आज बिहान राजधानीमा गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा उनले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताए । उनले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी […]
मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी
बाँके, १६ साउन । मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताए । उनले मस्जिदमा नमाज पढ्दा र […]
पहिरो र बाढीको कारण करोडौँ मूल्यको आलु कुहियो
गाईघाट, १६ साउन । असारको चौथो सातामा आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडकहरु पहिरो र बाढीको कारण भत्केर यातायात सञ्चालन अवरुद्ध हुँदा अहिले यस क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यका आलुहरु कुहिन थालेपछि आलु उत्पादक कृषकहरु मारमा पर्न थालेका छन् । जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर, माझखर्क, इनामे, नामेटार […]











