नदीले बगाउँदा विद्यार्थी बेपत्ता

मेलम्ची, १६ साउन । सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् । आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको छ । प्रहरी चौकी लामोसाँघुबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा स्थानीयवासीले खोजी गरिरहेका छन् […]

महानगरपालिका बनाउन ढिलाइ

नेपालगञ्ज, १६ साउन । नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउने प्रक्रियामा ढिलाइ भएको छ । “यो राजनीतिसँग पनि जोडिएको विषय भएकाले ढिलो हुनु स्वाभाविक हो । केही समयभित्रै हामी पुनः प्रयास थाल्ने छौँ”, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने। महानगरपालिका बनाउन आवश्यक भौतिक पूर्वाधार, भौगोलिक क्षेत्र, जनसङ्ख्यालगायतका आवश्यक विषयमा छलफल भने भइरहेको उनले बताए। महानगरपालिकाको सम्भाव्यता […]

रेविजविरुद्ध भ्याक्सिन सेवा

काभे्रपलाञ्चोक, १६ साउन । नमोबुद्ध नगरपालिका–४ भकुण्डेस्थित मेथिनकोट अस्पतालमा छिमेकी जिल्लालाई समेत लक्षित गरी रेविज रोगविरुद्धको भ्याक्सिन सेवा शुरु गरिएको छ । जिल्लाको एक मात्र उक्त सरकारी अस्पतालबाट छिमेकी रोशी, महाभारत र तेमाल गाउँपालिका, पाँचखाल नगरपालिका तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीका सेवाग्राहीलाई लाभ मिल्नेछ । अस्पतालमा २४सै घण्टा रेविज रोगविरुद्धको भ्याक्सिन सेवा उपलब्ध गराइएको […]

ओझेलमा कठबेरुवा झरना

घोराही, १६ साउन । दाङको राजपुर गाउँपालिका–१ मटेरिया पूर्व–पश्चिम राजमार्गदेखि करीब तीन किलोमिटर दक्षिण अवस्थित कठबेरुवा झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा उक्त झरना ओझेलमा परेको छ । पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके समग्र राजपुरको विकास हुने राजपुर गाउँपालिका–१ का वडाध्यक्ष विष्णु बुढाले बताए । उनले यस […]

छुट्टाछुट्टै दुर्घटनामा घटनामा दुईको मृत्यु

भक्तपुर, १६ साउन । भक्तपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंको बोलेरो गाडी आफँै अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । गाडी सडकबाट करीब पाँच मिटर तल […]

आगलागीबाट बन्द भएको रेडियो डेढ महीनापछि सञ्चालन

पर्वत, १६ साउन । विद्युत् चुहिएर आगालागी हुँदा ध्वस्त भएको यहाँको एक सामुदायिक रेडियो डेढ महीनापछि सञ्चालनमा आएको छ । गत जेठ २८ गते आगलागीबाट पूर्णरूपमा क्षति भई बन्द भएको पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो ‘रेडियो पर्वत १०३।६ मेगाहर्ज’ बुधबारदेखि पुनः सञ्चालनमा आएको हो । विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाएर साविक स्थानबाट स्थानान्तरण गरी सञ्चालनमा […]

१० लाख अमेरिकी डलर मूल्य तोकिएका हम्जा मारिए

इस्लामिक संगठन अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा विन लादेनको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएको बीबीसीले बताएको छ । उनी मारिएको मिति र स्थानबारेमा भने प्रष्ट नपारिएको भए पनि उनको मृत्यु भएको दावी गरिएको बताइएको छ । झन्डै ३० वर्ष उमेर भएको ठानिएका ओसामा बिन लादेनका छोरा हम्जा अमेरिका र अन्य देशहरूमा आक्रमण […]

एकैरात एनसेलका तीन दर्जन बढी टावरमा विप्लवको आक्रमण

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले एनसेलका देशभरका टावरमाथि फेरि अाक्रमण गरेकाे छ । बुधवार राति मात्र देशभरका करिव १०० जति टावरमा अाक्रमण भएकाे थाहा भएकाे छ ।  राज्यलाई कर छलेकाे भन्दै विद्राेही नेकपाले एनसेलमाथि निरन्तर अाक्रमण गर्दै अाएकाे छ । साेही क्रममा बुधवार राति पनि देशभर एक दर्जन बढी जिल्लाका करिव […]

भक्तपुरमा १२ वर्षीय बालक स्कूलको टाइमा झुण्डिएको भेटिए

भक्तपुर । भक्तपुरको गुन्डुका एक बालकले रहस्यमय आत्महत्या गरेका छन् । सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका राजु खतिवडाको १२ वर्षका छोरा सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका हुन् । भक्तपुर प्रहरीका अनुसार सन्देश स्कूलको टाईको घाँटीमा पासो लगाई झुण्डिरहेको अबस्थामा भेटिएका हुन् । उनी आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा झुण्डिएको उनका बुबाले देखेपछि […]

नाम भन्न लजाउने हरिवनका मुस्लिम किसोरी अचेल आफ्ना सबै समस्या सुनाउन सक्षम

सर्लाही, १६ साउन । केही महिना अघि सम्म आफ्नो नाम भन्न नसक्ने हरिवनका मुस्लिम किशोरीहरु अहिले खुलेर बोल्न मात्र होइन समस्याहरु सबैका सामु समेत राख्न सक्ने भएका छन । करिब सात महिना अघिबाट हरिवन- ११ का मुस्लिम बस्तीमा सदरमुकाम मलंगवामा रहेको आड्रा नेपालको आयोजना तथा युकेड नेपाल र युएनएफपीएको सहयोगमा सन्चालन गरिएको रुपान्तरणका लागि किशोरीहरुलाई […]