नाम भन्न लजाउने हरिवनका मुस्लिम किसोरी अचेल आफ्ना सबै समस्या सुनाउन सक्षम

सर्लाही, १६ साउन । केही महिना अघि सम्म आफ्नो नाम भन्न नसक्ने हरिवनका मुस्लिम किशोरीहरु अहिले खुलेर बोल्न मात्र होइन समस्याहरु सबैका सामु समेत राख्न सक्ने भएका छन ।

करिब सात महिना अघिबाट हरिवन- ११ का मुस्लिम बस्तीमा सदरमुकाम मलंगवामा रहेको आड्रा नेपालको आयोजना तथा युकेड नेपाल र युएनएफपीएको सहयोगमा सन्चालन गरिएको रुपान्तरणका लागि किशोरीहरुलाई तालिम कार्यक्रम अन्तर्गत झमता अभिवृद्धि सम्बन्धी ९ महिने तालिममा सहभागी भएपछि यो परिवर्तन आएको हो ।

उक्त ९ महिने तालिमको सातौ महिना चलिरहेछ र किशोरीहरुमा आएको सकारात्मक परिवर्तनबाट आयोजक उत्साहित छन् ।
बुधवार सरोकारबालाहरुले कार्यक्रममा अबलोकन तथा निरीक्षण गर्न जादा यस्तो परिबर्तन भएको पाएका हुन ।

”हामीलाई पहिले कसैको सामु बोल्न पनि डर लाग्थ्यो तर अहिले यो सात महिनको अबधीमा दिएको तालिम बाट निकै नै झमता अभिबृद्दी भएको महसुस भएको छ ।” तालिममा सहभागी १६ बर्षिया किशोरी नाजनी खातुन भन्छिन ।

उनी मात्रै होइन तालिम मा सहभागी भएकी अर्कि कस्मिरा खातुन भन्छिन, ‘पहिले बालबिबाह के हो र बालबिबाह गर्दा के कस्तो शारिरिक समस्या आउछ्न भन्ने थाँहा थिएन । अब यो तालिमले बाल बिबाह गर्न नहुने रहेछ र २०बर्ष पारि मात्रै विवाह गर्नुपर्ने रहेछ भन्ने कुरा जानकारी भएको छ ।” कस्मिराले आफ्नो महिनाबारी हुदाका समस्या समेत घर परिवारमा खुलेर राख्न सक्ने भएको बताइन ।

नगरपालिकाको वडा नम्बर -११ का दुई वटा मुस्लिम र पछाडी पारिएका बिपन्न परिवारमा तालिम मार्फत बालबिबाह ,बाल बिबाह गर्दा हुने असर ,संविधान मा तोकिएको समय सिमा र बालबिबाह गर्दा हुने कानुनी सजाय ,जन्मान्तरको फरक किन, जन्मान्तर फरक पार्न अपनाउनु पर्ने परिवार नियोजन का अस्थायी साधनका साथै स्थानिय निकायबाट प्रदान गर्ने जन्म दर्ता ,बिबाह दर्ता , नागरिकता लगायत को बारेमा सिकाएपछि किशोरीहरुमा निकै नै परिबर्तन आएको कार्यक्रमकी समाजिक परिचालिका पुनम भट्टराई भन्छिन ।

मुस्लिम समुदायका १० देखि २० बर्ष बीचका विद्यालय नगएका किशोरीहरुलाई समेटेर दुईवटा समूह मा २५/२५ जना राखेर दुई स्वयम् सेवक मार्फत तालिम दिदै आएको आड्रा नेपाल सर्लाहीले जनाएको छ !
प्रत्येक हप्ताको आईतबार र वुधबार समूहमा तालिम दिने गरिएको छ । यसैवीच वुधवार भएको तालिमको हरिवन नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाल, नगर स्वास्थ्य संयोजक रामबाबु चौधरी ,गंगेश्वर झा ,वडा अध्यक्ष शेख मेहबुब रेजा र संचारकर्मी लगायतले अनुगमन तथा निरीक्षण गरेका थिए ।

Loading...