अहंकारीले जितिन् उपाधी

काठमाडौँ । अमेरिकामा आयोजित ‘मिस भुटान यूएस २०१९’ को उपाधि कविता अहंकारीले जितेकी छन् । नेपाली भाषी भुटानी किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउन उदेश्यले आयोजित प्रतियोगिता अहंकारीले जितेकी हुन् ।

पेन्सलभेनिया राज्यको पिट्स्बुर्गमा जुलाई २७ र २८ तारिकमा आयोजित उक्त प्रतियोगितामा अडिसनबाट ६ जना युवती छनौट भएका थिए ।

कवितासँगै मिस भुटान युएस २०१९ मा सुस्मिता सुब्बा फस्ट रनर अप तथा पुजा क्षेत्री सेकेन्ड रनर अप घोषित भएका थिए ।

बाहिरी सौन्दर्यभन्दा भित्री प्रतिभालाई महत्व दिने भनिएको उक्त प्रतियोगितामा सहभागी किशोरीहरूको व्यक्तित्व विकासका लागि बिभिन्न विषयमा तालिम र प्रशिक्षण दिइएको थियो ।

Loading...