अस्थायी शिक्षकको फैसला २४ गतेलाई सर्यो, सार्नलाई यस्तो प्रपञ्च

काठमाडौं, १५ साउन,  । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दाको बुधवार हुने भनिएको फैसला साउन २४ गतेलाई सरेको छ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । पछि पुन: साउन १५ का लागि […]

मनमोहन प्राविधिक विश्वविद्यालयलाई स्वीकृति प्रदान

विराटनगर, १५ साउन । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ । बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७५ र प्रदेशमुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन–२०७५ लाई प्रदेशसभामा पेश गर्नेलगायत विभिन्न १२ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा […]

विकास निर्माण गर्न केही कुराले छेक्दैन; पूर्वप्रधानमन्त्री खनाल

इलाम, १५ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताए । आज यहाँस्थित सूर्योदय नगरपालिकामा ‘२०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहमा उनले भने “मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र सङ्क्रमणकालीन समय बिते पनि अब भने मुलुक समृद्ध बनाउन कुनै समस्या […]

अर्जुनीमा सर्पदंशका बिरामी बढ्दै

भीमदत्तनगर, १५ साउन । नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्दै गइरहेको छ ।झण्डै छ वर्षअघि नेपाली सेनाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थी खटिएको अर्जुनी गुल्म परिसरमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको थियो । सर्पदंश उपचार केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रबहादुर कार्कीले दैनिक चार÷पाँच जना सर्पले टोेकेका बिरामीहरु उपचारका लागि आउने गरेको […]

बाँके निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्दो

धम्बोझी, १५ साउन । आर्थिक वर्ष २०७५÷७६ मा १६० पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा भित्रिएका छन् ।निकुञ्जभित्र रहेका प्राकृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १६० पर्यटक आएका हुन् । तीमध्ये १२ जना विदेशी पर्यटक छन् । उनीहरुबाट रु एक करोड चार लाख ४९ हजार ९८२ राजश्व सङ्कलन भएकोे निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी […]

‘ट्रान्जिट परमिट’ ले जडीबुटीको निकासी घट्यो

नेपालगञ्ज, १५ साउन । ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू गरेपछि भारतर्फ जडीबुटीको कमी आएको छ । केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले जडीबुटी निकासीमा ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू गरेपछि यसको निकासी घटेको नेपाल जडीबुटी सङ्घका केन्द्रीय अध्यक्ष याकुब अन्सारीले बताए।शुरुआती चरणमा बाँके जिल्लाबाट ८० प्रकारका जडीबुटी भारतलगायत तेस्रो मुलुकमा निकासी भइरहेको थियो । ‘ट्रान्जिट […]

धेरै चर्चापछि बल्ल भए योगेश पर्यटनमन्त्रीमा नियुक्त

काठमाडौं, १५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री भएका छन् । दिउसो ४ बजे भट्टराईले राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीको सपथ लिएका हुन् । गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको मृत्यु भएपछि पर्यटन मन्त्रालय मन्त्रीविहीन रहेको थियो […]

काठमाडौं विश्वविद्यालयमा चरम अनियमिता, नियमविपरित असिसटेन्ट प्रोफेसरको नियुक्ति

काठमाडौं, १५ साउन । काठमाडौँ विश्वबिद्यालयका पदाधिकारीहरुले आफ्नो पदको दुरुपयोग गर्दै प्रोफेसरहरु नियुक्त गर्ने गरेको थाहा भएको छ । विश्वविद्यालयको नियम मिचेर आफ्नो पदीय अधिकारको दुरुपयोग गर्दै उपकुलपति रामकण्ठ माकाजु, रजिस्ट्रार सुबोध शर्मा र स्कूल अफ आर्ट्सका डिन सागर शर्माले मिलेमतोमा यस्ता काम गर्ने गरेका हुन् । नियम विपरित उनीहरुको मिलेमतोमा अपारदर्शी तरिकाबाट स्कूल अफ […]

संरक्षण गरिँदै स्थानीय जातका कुखुरा

बेझाड, १५ साउन । पाल्पाको माथागढी गाउँपालिकाले स्थानीय जातको कुखुरा संरक्षण अभियान थालेको छ । बजारमा स्थानीय जातको कुखुराको माग बढ्दै गएपछि कृषकको आर्थिकस्तर उकास्न संरक्षण अभियान थालेको हो । आर्थिक वर्ष २०७६÷७७ मा गाउँपालिकाले स्थानीय कुखुरा संरक्षण अभियान कार्यक्रमअन्तर्गत रु चार लाख रकम विनियोजन गरेको छ । स्थानीय जातका कुखुरा पाल्न इच्छुक कृषकलाई कुखुराको […]

निःशुल्क जापानी मेकअप

चिप्लेढुङ्गा, १५ साउन । पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको मूल ढोकामा एक जापानी महिला मेकअपका सामानसहित चिटिक्क परेर बसेकी थिइन् । उनका वरिपरि अन्य सौन्दर्यकलाका विद्यार्थीहरु पनि थिए । बोर्डमा लेखिएको थियो ‘जापानको निःशुल्क मेकअप ।’ सबै व्यस्त थिए, महानगर […]