बाँके निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्दो

धम्बोझी, १५ साउन । आर्थिक वर्ष २०७५÷७६ मा १६० पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा भित्रिएका छन् ।निकुञ्जभित्र रहेका प्राकृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १६० पर्यटक आएका हुन् । तीमध्ये १२ जना विदेशी पर्यटक छन् ।

उनीहरुबाट रु एक करोड चार लाख ४९ हजार ९८२ राजश्व सङ्कलन भएकोे निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी दिए।निकुञ्जमा जङ्गल वाक, जिप सफारी, हात्ती सफारी, चरा अवलोकन, क्याम्पिङ, हाइकिङका लागि पर्यटक आउने गरेको थपलियाको भनाइ छ ।

गत आवमा दुई जना मात्र पर्यटक निकुञ्ज भित्रिएका थिए । उनीहरुबाट दुई हजार रुपैयाँ मात्र राजश्व सङ्कलन भएको थियो । विसं २०६७ मा स्थापना भएको उक्त निकुञ्ज मूलतः पाटेबाघको बासस्थानका रुपमा चिनिन्छ । हाल निकुञ्जमा बाघको सङ्ख्या २१ रहेको छ ।

Loading...