सासूलाई बलात्कार गरेको आरोपमा ज्वाइँ पक्राउ

सल्यान । सल्यानमा दिदी सासूलाई बलात्कार गरेको आरोपलाई ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षिया दिदी सासूलाई बलात्कार गरेको आरोपमा ४२ वर्षिय ज्वाइँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।

कपुरकोट गाउँपालिका वडा न ५ रिम निवासी दिदी सासूलाई मंगलबार घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ज्वाईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख नर बहादुर खड्काले जानकारी दिए । माइतीमा भएकी उनलाई कोही नभएको मौका पारी ससुराल पुगेका ज्वाइले बलात्कार गरेको बताइएको छ ।

मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी ती महिलालाई बलात्कार गरेको गाउँका महिलाले  थाहाँ पाएपछि आफन्त र प्रहरीलाई खबर गरेका थिए । पिडित सासुको सल्यान अस्पताल खलंगामा स्वास्थ्य परिक्षण गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पिडितको गोपनियताक कारण पीडकको नाम गोप्य राखिएको छ ।

Loading...