काठमाडौ‌मा एकाबिहानै भयानक दुर्घटना, अग्लो ढिस्को काटेर फोहोर बोक्ने गाडी ट्याक्सीमाथि खस्यो

काठमाडाैं, १७ साउन । काठमाडौं महानगरपालिकाको फोहोर बाेक्ने गाडीले शुक्रबार बिहान सिफलचौरमा भयानक दुर्घटना गराएको छ ।

काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने बा १ ग २२९८ नम्बरको गाडी जयवागेश्वरी मन्दिरबाट भण्डारखालको जंगल सकिएलगत्तै मोडमा २ फिट अग्लो माटोको ढिस्को नाघेर अर्को साइडको बाटोमा पार्किङमा रहेका ट्याक्सीमाथि चढेको हो।

रक्सी खाएका चालकले गाडी हुँक्याइँदा गम्भीर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। तर मानवीय क्षति हुनबाट भनेको बचेको स्थानीयले जनाएका छन्।

दुर्घटनामा बा १ ज ७७२३ र बा १ ज ४०४७ नम्बरका दुई ट्याक्सीमा ठूलो क्षति पुगेको छ। गाडी जथाभावी हुइँकिएको देखेपछि वरपरका मान्छेको भागाभाग भएकाे थियाे।

चालकले रक्सी खाएकाे गन्ध अाएकाे प्रहरीले जनाएकाे छ। गाडी चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएकाे छ।

Loading...