बालाजुमा मेलम्चीको पाइप सफा गर्न छिरेका दुई दाजुभाइको अड्किएर मृत्यु

काठमाडौं, १७ साउन । काठमाडौंको बालाजुमा शुक्रबार बिहान मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनरसिंह राणाका अनुसार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको हो। उनीहरु […]

क्यान्सर पीडितको उपचारका लागि चटपटे व्यापार

लमही, १७ साउन । तुलसीपुर उपमहानगरपालिका–१४ मलवार निवासी बिपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार शुरु गरेका छन् । २० वर्षीय ओलीलाई यही वैशाखदेखि रक्त क्यान्सर भएपछि अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । तर आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग पु¥याउन तुलसीपुरका विभिन्न क्रियाशील संस्थाहरुको पहलमा ती […]

पहिरोका कारण स्काभेटरसहित चालक बेपत्ता

गोरखा, १७ साउन । गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा आज बिहान पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता छन् । गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेकाले घटनास्थलमा पुगेर तामाङको उद्धारको प्रयास भइरहेको र विवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद […]

बाँदरले सताएपछि व्यावसायिक बेसार खेती शुरु

बेझाड, १७ साउन । पाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकलाई बाँदर आतङ्कले सताएपछि वडा कार्यालयको सहयोगमा अहिले बेसार खेती शुरु गरिएको हो । गाउँमा बाँदर आतङ्क बढेपछि वडा कार्यालयले अन्नबालीको विकल्पका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्दै बीउबिजनमा सहयोग गरेको छ । मकै उत्पादन हुने दश रोपनी बारीमा बाँदरको समस्याले खेती लगाउन छाडेकी शान्ति विकले […]

सगरमाथा राष्ट्रिय निकुञ्जद्वारा रु १६ करोड राजश्व सङ्कलन

सोलुखुम्बु, १७ साउन । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५÷७६ मा रु १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट रु १३ करोड ७३ लाख ४३ हजार ९०६, सार्क राष्ट्रको पर्यटकबाट रु ३३ […]

सवारि दुर्घटनामा वृद्धि

दाङ १७ साउन । आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आव २०७५/७६ मा जिल्लामा सवारी दुर्घटना वृद्धि भएको छ । गत आवमा १८४ सवारी दुर्घटनामा १०४ को मृत्यु २३३ को अवस्था नाजुक र १९० सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिए । उनका अनुसार ती दुर्घटनामा २५१ […]

साउनभित्र पार्टी एकता टुङ्गिन्छ

चितवन, १७ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताउए छन । आज यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताए। एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले […]

लोकबाजा जोगाउँदै जैमिनी सङ्कीर्तन

गलकोट, १७ साउन । बागलुङ जिल्लाको जैमिनी नगरपालिकास्थित जैमिनी सङ्कीर्तन समूहले लोपोन्मुख अवस्थामा रहेको लोकबाजा जोगाउन प्रयास थालेको छ । वर्षेनी युवापुस्तामा लोकबाजाप्रतिको मोह घट्दै गएको सन्दर्भमा यहाँको सङ्कीर्तन समूहले लोकबाजा प्रशिक्षण गरी युवापुस्तालाई आकर्षित गर्न थालेको हो । सङ्कीर्तन समूहले बुधबार मात्रै १५ दिने लोकबाजा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा लोकबाजा हराउन […]

तीन वर्षकी बालिका चोरेर बलात्कार, रुन थालेपछि रेटियो घाँटी

काठमाडौँ, १७ साउन । भारतको झारखखण्डमा एक तीन वर्षकी बालिकालाई रेल्वे स्टेशनबाट अपहरण गरी बलात्कार गरेर हत्या भएको घटना सार्वजनिक भएको छ । २५ जुलाइमा टाटानगर रेल्वे स्टेशनबाट अपहरणमा परेकी बालिकालाई अपहरणपछि बलात्कार गर्ने क्रममा रुन थालेपछि घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । २५ जुलाईको राती टेल्को निवासी रिंकु साहूले टाटानगर रेलवे स्टेशनबाट […]

कक्षा १२ को ग्रेड वृद्धि गर्ने सम्बन्धी यस्तो व्यवस्था : हेर्नुस् सूचना

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धिमा सहभागी हुन सूचना प्रकाशन गरेको छ । बढीमा दुई विषयको लागि ग्रेड वृद्धिको अवसरसहित बोर्डले परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको हो । बोर्डले ग्रेड वृद्धिको परीक्षामा सामेल हुन चाहने विद्यार्थीले दुई विषयमा मात्र ग्रेड वृद्धिको अवसर प्राप्त गर्ने तर त्यसका लागि पनि अन्य विषयमा आवश्यक ग्रेड प्राप्त […]