वरिष्ठ नेता पौडेलद्वारा शोक व्यक्त

दमौली, १७ साउन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।उनले आज शोकवक्तव्य जारी गर्दै भट्टराईकी आमा वसुन्धरा भट्टराईको निधनले आफूलाई स्तब्ध बनाएको बताए । “काङ्ग्रेसका क्रियाशील सदस्य रहनुभएकी भट्टराईको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको छ”, उनको शोक वक्तव्यमा उल्लेख छ । वरिष्ठ नेता […]

उद्योगमा कार्यरत करेण्ट लागेर एकको मृत्यु, १४४ मजदूर हटाइयो

हेटौँडा, १७ साउन । मकवानपुर जिल्लाको उद्योगहरुमा कार्यरत १४४ जना मजदूरलाई यस वर्ष जागिरबाट हटाइएको छ । साथै एक मजदूरको काम गर्दागर्दै करेण्ट लागेर मृत्यु भएको श्रम तथा रोजगार कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयबाट आर्थिक वर्ष ७५/७६ को प्राप्त विवरणअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल्स इण्डस्ट्रिज प्रालि तथा अन्य औद्योगिक प्रतिष्ठानबाट […]

दुई युवकको शव बरामद

गौशाला, १७ साउन । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव बरामद भएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित उखु बारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो । नाम, थर, बतन नखुलेको युवकको अनुहारलगायतको भागमा […]

चलचित्र क्षेत्रको उत्थानका लागि सरकार प्रतिबद्धः मन्त्री बाँस्कोटा

काठमाडौँ, १७ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताए।नेपाल चलचित्र कलाकार सङ्घको नवनिर्वाचित कार्य समितिलाई आज मन्त्रालयमा स्वागत गर्दै उनले सरकारले ल्याउन लागेको चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न सङ्घलाई आग्रह गरे । मन्त्री बाँस्कोटाले विधेयक प्रक्रियामा अघि बढिसकेपछि प्रतिपक्षलगायत विभिन्न समूहबाट विरोध हुने […]

नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट, एक जनाको मृत्यु

काठमाडौं, १७ साउन । नख्खु कारागारभित्र कैदीबन्दीबीच दिउसै झडप हुँदा एक जनाकाे मृत्यु भएको छ । ललितपुरको नख्खुमा रहेको कारागारभित्र शुक्रबार दिउसो कुटाकुट भएको हो । उक्त कुटाकुटमा परी पूर्णबहादुर राजी नाम गरेका एक व्यक्तिकाे मृत्यु भएकाे हाे । उनी कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा जेल सजाय काटिरहेका थिए । कारागार स्रोतका अनुसार कर्तव्य ज्यान […]

अलैँची खेती तर्फ किसानको आकर्षण

डोटी, १७ साउन  पछिल्लो समय जिल्लाका किसानको अलँैची खेतीमा आकर्षण बढेको छ । किसानले धान, मकै तथा कोदोलगायतका अन्न बाली उब्जानी हुने खेतीयोग्य जमीनलाई मासेर धमाधम अलैँची लगाउन थालेका छन् । अन्य बालीले भन्दा अलैँचीको आम्दानी बढी हुने भएकाले पनि अलैँची खेतीमा किसानको आकर्षण बढेको केआइसिंह गाउँपालिका काफलीका अलैँचीखेतीका किसान नारायण धामीले बताए।  “अलैँचीको मूल्य […]

ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप, कुटाकुटमा परी गम्भीर घाइते

काठमाडौं, १७ साउन । नख्खु कारागारभित्र कैदीबन्दीबीच दिउसै झडप भएको छ । ललितपुरको नख्खुमा रहेको कारागारभित्र शुक्रबार दिउसो कुटाकुट भएको हो । उक्त झडपमा परी पूर्णबहादुर राजी नाम गरेका एक व्यक्ति गम्भीर घाइते भएका छन् । नख्खु कारागार प्रशासनका अनुसार घाइते भएका काठमाडौंको वीर अस्पताल भर्ना गरिएको छ । कारागार स्रोतका अनुसार कर्तव्य ज्यान मुद्दाका […]

कार्यसम्पादन सम्झौताले सरकारको कामलाई नयाँ गति दिन्छ; अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, १७ साउन । प्रतिनिधिसभा, अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि आगामी साउन १९ गतेदेखि दफावार छलफल हुुने भएको छ । समितिको आजको बैठकमा सो विधेयकमाथि संशोधनकर्ता सांसदले आ–आफ्नो धारणा राख्ने कार्य समाप्त भएकाले आइतबारदेखि दफावार छलफल शुुरु हुन लागेको हो । सरकारले वित्तीय सङ्घीयतालाई अझ प्रभावकारी […]

आज छुट्टाछुट्टै स्थनामा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, १७ साउन । नवलपरासी पूर्व चितवन र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सुनवल नगरपालिका १२ हरकट्टास्थित सडकमा लु.२ ख १६८६ नम्बरको बस बिग्री मर्मत गर्नको लागि जग लगाई टायर फेर्ने क्रममा जग पल्टिन गई बसले च्यापियर चालक नवलपरासी सुनवल नगरपालिका १२ हरकट्टा बस्ने देव बहादुर थापाको बिहीबार […]

नवलपरासीका प्राकृतिक ताल अतिक्रमण हँुदै

नवलपरासी, १७ साउन । पश्चिम नवलपरासीमा रहेका विभिन्न प्राकृतिक तालतलैया पछिल्लो पटक धमाधम अतिक्रमणको चपेटामा पर्दै गएका छन् ।पश्चिम नवलपरासीको पाल्हिनन्दन–६ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको नन्दन ताल, बर्दघाट नगरपालिकाअन्तर्गत जहदाको बुद्धमङ्गल ताल, यसैगरी गुठी प्रसौनीको पिपरपाती ताल, माकरको भुताहा ताल, तिलकपुरको सुशिहवा ताल, जिल्लाका मुख्य ठूला तालहरु हुन् । तर अधिकांश […]