आज छुट्टाछुट्टै स्थनामा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, १७ साउन । नवलपरासी पूर्व चितवन र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सुनवल नगरपालिका १२ हरकट्टास्थित सडकमा लु.२ ख १६८६ नम्बरको बस बिग्री मर्मत गर्नको लागि जग लगाई टायर फेर्ने क्रममा जग पल्टिन गई बसले च्यापियर चालक नवलपरासी सुनवल नगरपालिका १२ हरकट्टा बस्ने देव बहादुर थापाको बिहीबार दिउँसो मृत्यु भएको हो ।

बसले च्यापियर गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त बसले च्यापियर घाइते भएका सोही बसका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।त्यस्तै भरतपुर महानगरपालिका १० स्थित ना.४८ प ७०६४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कालिका नगरपालिका ९ बस्ने प्रदिप सुनारको बिहीबार राति मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै पर्सा, बिन्दवासिनी गाउँपालिका ५ प्रसौनीभाठा चौकस्थित बिआर २२ पि ९८८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मुसहर्वा टोल बस्ने ६५ वर्षीय भिम दासको शुक्रबार बिहान मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Loading...