पहिरोका कारण स्काभेटरसहित चालक बेपत्ता

गोरखा, १७ साउन । गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा आज बिहान पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता छन् ।

गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेकाले घटनास्थलमा पुगेर तामाङको उद्धारको प्रयास भइरहेको र विवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए।

Loading...