भ्रष्टाचारबाट यस्तोसम्म हुन्छ कमाल

के भ्रष्टाचार राम्राे हाे ? कतिपय अर्थशास्त्रीले भ्रष्टाचार राम्रो हो भनेका छन्। यस विषयमा हामी पनि केही उदाहरण पेश गर्न सक्छौँ, जस्तैः काठमाडौ शहरको सडकलाई हेर्दा खाल्डाखुल्डी, धुलो र धुवाँबीच अनगिन्ती सवारीसाधन गुडेका देख्छौ, अनि सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो छ । सबैजना आआफ्नो गन्तव्यमा पुगेकै छन र यो सम्भव भएकै छ । ट्राफिक प्रहरीको […]

महालेखाको अडिटले खुल्यो स्थानीय तहमा चरम लुट, निर्णय आफै ठेक्का आफै भान्सेसम्म आफन्तलाई भर्ती

काठमाडौं, १९ फागुन । संघीय व्यवस्था आए मुलुकको कायापलट नै हुने ठानेकाहरु अहिले यसले निम्त्याएको विकृति र मनपरीतन्त्रबाट आजित भएका छन् । देशभरका स्थानीय निकायमा यतिसम्म मनपरी चलिरहेको छ कि जुन यसअघि कहिल्यै भएको थिएन । स्थानीय निकायको निर्वाचन भएयताको मात्र करिव दुई वर्षको भ्रष्टाचार र अनियमितता हेर्दा संघीयता अराजक व्यवस्थामा बदलिएको देखिन्छ । पछिल्लो […]

लोकतन्त्रको पीँजडाभित्र बिरोध र विवेकमाथि बन्देज

तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले डेमोक्रेसीको सुन्दर, आकर्षक र मिठो परिभाषा अगाडि सारे – जनताद्वारा जनताका लागि गरिने जनताको शासन । उक्त परिभाषा निकै लोकप्रिय बन्यो र आज पनि संसारभर उद्धरण गरिन्छ । लिंकनका अनुसार आफ्नो राज्य, शासनपद्धति, शासनसत्ता लगायत जनतासँग सम्बन्धित बिषयमा जनताले स्वेच्छिक र स्वतन्त्र रुपमा निर्णय गर्न पाउनुपर्छ । उनको आशय स्पष्ट […]

पोष्टमार्टम ढिलाईका कारण, टुँडिखेलको श्रद्धान्जली सभा स्थगित

काठमाडाै‌ । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द अधिकारीको शव श्रद्धान्जलीका लागि शुक्रबार मात्र टुडिखेलमा राखिने भएको छ। पोष्टमार्टम गर्न समय लाग्ने भएका कारण आज श्रद्धाञ्जलीका लागि टुडिखेलमा राख्ने भनिएको कार्यक्रम स्थगित गरिएको हो ।  सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो । पोस्टमार्टममा समय लाग्ने भएपछि श्रद्धान्जली शुक्रबार बिहान ८ […]

विकास निर्माणमा हुने नीतिगत झन्झट हटाउने तयारीमा समिति

काठमाडौँ, १६ फागुन । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक विकास निर्माणका सम्बन्धमा देखिएका कानूनी तथा नीतिगत झन्झट हटाउन थप सक्रिय भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ । हालसम्मको कार्य समीक्षा र भावी योजनाका बारेमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकमा सहभागी सांसदले सार्वजनिक खरीद ऐनमा भएका कतिपय प्रावधानले विकास निर्माणका कार्यमा बाधा व्यवधान सिर्जना गरेको […]

हनोईमा किम र ट्रम्पको दोस्रो भेट, यसपटक ‘उत्कृष्ट नतिजा’ आउने किमको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताएका छन् । दुई नेताबीच भियतनामको राजधानी हनोईमा बुधबार भएको भेटमा किमले ट्रम्पलाई भने, “म विश्वस्त छु कि सम्मेलनबाट विशिष्ट परिणाम प्राप्त हुनेछ, जसलाई सबैले स्वागत गर्नेछन् ।” “म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो […]

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु

काठमाडौं, १५ फागुन । पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको छ । आज पूर्वी नेपालको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको हो । प्रहरीले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ५ जनाको शव भेटिएको पुष्टि गरेको छ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेका फर्केका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री […]

पाकिस्तानले खसाल्याे भारतका दुई अत्याधुनिक लडाकु विमान

पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तान शासित कश्मिर क्षेत्रमा भारतीय वायु सेनाका दुई वटा जेट विमान प्रवेश गरेसँगै गरिएको जवाफी कारबाहीमा ती विमान धवस्त भएको पाकिस्तानले जनाएको छ । सो घटनापछि एक जना भारतीय पाइलटलाई नियन्त्रणमा लिइएको पाकिस्तानको दाबी छ । पाकिस्तान सेनाका प्रवक्ता मेजर जेनरल असिफ गफुरले एउटा विमान […]

पाकिस्तानमा आक्रमण गर्न गएको भारतीय लडाकु विमान कास्मिरमा दुर्घटना

काठमाडाैं, १५ फागुन । भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित […]

विकासका काम कार्यमा उच्चतम प्रविधि प्रयोग गरिदै

विराटनगर, १५ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास गर्न सम्पूर्ण क्षमता र योग्यताको उच्चतम प्रयोग गर्ने बताएका छन् । विराटनगरको नवोल अस्पतालमा मुटु उपचारको उच्च प्रविधि ओपटिस मोबाइल सिस्टम (ओसिटी मेशिन)को उद्घाटन गर्दै उनले अस्पतालले सानो अवधिमा नै सेवा र प्रविधि क्षेत्रमा गरेको विकासले जनता निकै लाभान्वित हुने धारणा राखे […]