‘जहाज छन् तर उडाउने पाइलट छैनन्, गन्तव्य छैन, कहाँ उडाउने टुंगो छैन, भद्रगोल व्यवस्थापन छ।

अहिलेकै अवस्थामा नेपाल एयरलाइन्सलाई एक रुपैयाँ पनि दिन सकिँदैन प्रधानमन्त्री ओली

 काठमाडा,ै १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल एयरलाइन्सलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ पनि दिन नसकिने बताएका छन्।नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले व्यवस्थापन सुधार नभएसम्म सरकारले एक रुपैयाँ पनि नदिने प्रष्ट पारे।

पछिल्लो समय वाइड बडी जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नसकेको एयरलाइन्सले सरकारसँग बजेट माग्दै आएको छ।‘जहाज छन् तर उडाउने पाइलट छैनन्। गन्तव्य छैन। कहाँ उडाउने टुंगो छैन। भद्रगोल व्यवस्थापन छ। यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्‍यो। आफैं सक्ने भए छिटो गर्न पर्‍यो’, उनले भने,‘गर्नु पर्ने काम नगर्ने यति र उति अर्ब चाहियो भन्दैमा पैसा दिन सकिँदैन। यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ।’

राष्ट्रिय ध्वजावाहक भएकाले सरकार काँध थाप्ने तर आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराएका छन्।नेपाल एयरलाइन्सको सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने उनको भनाइ छ।पर्यटन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका ओलीले संस्थाले सधैं सरकारको मुख ताकेर नहुने बताए। नाम वायुसेवा भए पनि दान पून्यको काम नभएको भन्दै उनले एयरलाइन्स सञ्चालन भनेको स्वास्थ्य शिविर जस्तो नभएको उनले सम्झाए।

‘६१ वर्षको अवधिमा उन्नति प्रगति कति भयोरु ३९ अर्ब ऋण छ। यो दान पून्यको मात्र क्षेत्र होइन। नाम सेवा निगम भए पनि व्यापार हो। निस्शुल्क स्वास्थ्य शिविर राखेजस्तो होइन’, उनले भने,‘आफैंले आम्दानी गर्नुपर्छ।६ जहाज किन्छौं चलाउने मान्छे छैन। वाइड बडी किन्यौं गन्तव्य छैन। नेपाल वायुसेवा निगममात्र घाटामा छ। काम गर्ने, चढ्ने, चलाउने सबै नाफामा वायुसेवा निगममात्र किन घाटामारु’

उनले उडाउनुपर्ने गन्तव्य छोडेर गलत ठाउँमा उडान खोजिएको भन्दै एयरलाइन्स व्यवस्थापनलाई उनले सचेत गराएका छन्। जापानको नारिता उडाउनु पर्नेमा त्यहाँ नगइ अन्य सहरमा गएको भन्दै उनले प्रश्न उठाएका छन्।सरकारले भिजिट नेपाल २०२० मनाउन लागेको अवस्थामा एयरलाइन्सले पूर्ण क्षमतामा जहाज उडाउनुपर्ने उनको भनाइ छ।यसमा लागि ओभरहल गर्ने मर्मत, पार्टपुर्जाको उपलब्धतता, नयाँ गन्तव्यको खोजी गरी नियमित र विश्वासिलो उडान गर्नुपर्ने उनको भनाइ छ।

Loading...