भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति एवं पूर्व प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले गगन थापाले सभापति शेरबहादुर देउवासँग भेट्न समय नपाएको विषयलाई लिएर सञ्चारमाध्यममार्फत भइरहेको प्रचारप्रति व्यङ्ग्य गरेका छन् । शेर बहादुर देउवा र गगन थापाबीच भेट गराउने जिम्मा आफूले लिने भन्दै भेटको समय मिलाउन आफू तयार रहेको उनले बताएका हुन् । उनले गगनलाई आफैंसँग […]
राजनीति
सरकारको स्टन्टले सीमा नाघ्यो : महेश बस्नेत
भक्तपुर । नेकपा (एमाले)का सचिव महेश बस्नेतले बारामा तीन वर्षीया एक बालिकामाथि भएको बलात्कार तथा हत्याको घटनालाई लिएर राज्यका निकायले संवेदनशीलता गुमाएको आरोप लगाएका छन् । बस्नेतले पीडित परिवारलाई खाना खुवाइएको भिडियो गृह मन्त्रालयबाट सार्वजनिक गरिनु र घटनाका आरोपितको संवेदनशील बयान प्रहरीबाट सार्वजनिक हुनु आपत्तिजनक रहेको बताए । उनका अनुसार यस्ता गतिविधिले पीडित परिवारको गोपनीयता, […]
विशेष कारण भन्दै प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो । कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो […]
गण्डकी सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउदै एमाले
पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । केही बेर अघि बसेको संसदीय बोर्डको बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन् । ‘संसदीय बोर्डले निर्णय गरेको छ । उहाँहरू सामूहिक रूपमै राजीनामा बुझाउनुहुन्छ,’ पहारीले भनिन्, ‘यसपछि कसरी अघि बढ्ने भन्ने छलफलमै छौँ ।’ नेकपा […]
इन्दिरा रानामगर र रामबहादुर थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। सभामुख अर्यालले भदौ १ र भदौ ३ गतेका बैठकमा बोलिएका केही शब्दहरू संसद्को गरिमा विपरीत रहेको ठहर गर्दै सङ्घीय संसद् सचिवालयलाई ती शब्द हटाउन निर्देश गरेका हुन्। निर्देशनअनुसार भदौ १ गतेको बैठकमा रास्वपा सांसद […]
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ५७ मत खसेको छ भने विपक्षमा २२ मत खसेको छ । प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन् । नेपाली कांग्रेसका सांसदहरूले […]
नेकपाले गर्यो कोशी प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश नेकपा संसदीय दलको आज बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता राजेन्द्र राईले जानकारी दिए । यसअघि एमालेले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । यस्तै, राष्ट्रिय […]
संसदमा रास्वपाकै महामन्त्रीले गरे गरिमा र वसन्त हत्या प्रकरणमा सरकारको आलोचना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरी र शंखमूलस्थित होस्टेलमा मृत भेटिएका वसन्त कालाखेतीको प्रकरणलाई लिएर सरकारको कडा आलोचना गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा महामन्त्री आचार्यले गृह मन्त्रालयको कार्यशैली र अनुसन्धानका क्रममा अपनाइएका प्रचारमुखी प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका हुन् । साउन […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि […]
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित, उपसभापति वाग्ले भारत जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो । अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिएको थियो । तर सेप्टेम्बर दोस्रो साता पनि सभापति लामिछानेको भ्रमण नहुने भएको छ । स्रोतका अनुसार अब सांसदहरुको […]











