३४ वर्षपछि पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम सकियो

बैतडी, ९ असोज । चौँतिस वर्षपछि बैतडीको पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम चालु आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । कूल ६२ किमी लम्बाइ रहेको सो सडकका ५३ किमी बाटो खुलिसकेको छ भने बाँकी नौ किमी चालु आवको अन्त्यसम्ममा बाटो खुलिसक्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख ललितजंग खनालले बताए । “पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने […]

एक दसकभित्रै नेपालमा साम्यवाद आउने प्रचण्डको दावी

कोहलपुर, ९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एक दसकभित्रै नेपालमा साम्यवाद स्थापित हुने दावी गरेका छन् । बाँकेको कोहलपुरमा आयोजित माओवादी एक कार्यक्रममा बोल्दै प्रचण्डले अब १० वर्षभित्रै नेपालमा साम्यवाद स्थापना हुने बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित भइसकेको र केही दशकभित्रै नेपालमा साम्यवाद स्थापित […]

अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि सम्झौता

काठमाडौँ, ८ असोज । अन्तरदेशीय पर्यटन प्रवद्र्धन सहकार्यको दायरालाई फराकिलो बनाउँदै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीयस्तरमा पु¥याई पर्यटन प्रवद्र्धन गर्न त्रिदेशीय सम्झौता भएको छ । होटल एशोसिएशन नेपाल (हान), फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानकाबीच हालै बैंगलोरमा समझदारी भएको हानले आज विज्ञप्तिमार्फत जनाएको छ […]

उत्तरकोरियामाथि लगाइएको एकपक्षीय नाकाबन्दीको चिनले गर्यो विरोध

एजेन्सी । उत्तरकाेरियामाथि लगाइएकाे एकपक्षीय नाकाबन्दीकाे चीनले विराेध गरेकाे छ । उत्तर काेरिया र अमेरिकाले एक अर्कालार्इ धम्की दिँदै युद्ध उन्मुख गतिविधि बढाइरहेका बेला चिनकाे यस्ताे प्रतिक्रिया बाहिर अाएकाे हाे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले काेरियाली प्रायदिपमा तनाव उत्पन्न गर्ने कार्य चिनलार्इ ठिक नलागेकाे समेत बताएका छन् । प्रवक्ता लु काङले कोरियाली प्रायद्वीपमा […]

चर्चित अर्चना २२ वर्षमै उपमेयर बनेपछि फेरि चर्चाकाे शिखरमा

विरगञ्ज । २२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा २१ वर्ष ९ महिना १ दिनको पुगीन् । उनी हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन संकायमा दोस्रो वर्षमा अध्यनरत छिन् । नेपाली कांग्रेसबाट चुनाव लडेकी उनी निकतम प्रतिद्वन्दीलाई ९१९ मतले पछि पार्दै […]

पाकिस्तानसँग नियमित हवाइ सैन्य अभ्यास भएको चिनको दावी

एजेन्सी । चिनियाँ वायुसेनाले बिहीबार आफ्नो पाकिस्तानसँगको हवाई सैन्य अभ्यासलाई लिएर गरिएको टिप्पणीप्रति खण्डन गर्दै ती अभ्यास नियमित भएको जनाएको छ । चिनियाँ पिपुल्स लिबरेशन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले भने, “कुनै देशले पाकिस्तानसँग सधैँजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक कुरा हो । उनीहरूले यस्ता अभ्यासप्रति अभ्यस्त बन्दै अनावश्यक अफवाह नफैलाउनु राम्रो […]

चुनाव हारेपछि एमालेका एक उम्मेदवारले गरे आत्महत्या

सिरहा । चुनावमा जीतहार अनिवार्य सर्त हो । हारलाई सहजै स्वीकार गर्न नसक्दा सिरहामा एक उमेद्वारले आत्महत्या गरेकाे खबर  छ । २ नम्बर प्रदेशमा असोज २ गते भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत सिरहामा चुनाव हारेका नेकपा एमालेका एक जना उम्मेदवारले आत्महत्या गरेका हुन् । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवारले आत्महत्या […]

उत्तरकोरियाले राष्ट्रसंघ महासभामै गएर भन्यो ‘ट्रम्पको अभिव्यक्ति कुकुर भुकाइ’

एजेन्सी । उत्तर कोरियाका उच्च कूटनीतिक अधिकारीले संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलार्इ ‘कुकुर भुकाई’को संज्ञा दिएका छन्।संयुक्त राष्ट्रसंघको महासभालाई बुधवार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र उसका सहयोगीलाई धम्की दिइरहे उत्तर कोरियालाई ‘पूर्णरुपमा ध्वस्त पार्ने’ चेतावनी दिएका थिए। ट्रम्पको यस्तो चेतावनीपूर्ण भाषणप्रति पहिलो पतिक्रिया जनाउँदै उत्तर कोरियाका विदेशमन्त्री री […]

कांग्रेस र राजपाका कार्यकर्ताबीच रौतहटमा ठूलो झडप । एकको मृत्यु

राैतहट, ५ असाेज । राैतहटमा दुर्इ राजनीतिक दलबीच झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का स्थानीय कार्यकर्ताबीच झडप हुँदा राजपाका कार्यकर्ताकाे मृत्यु भएकाे हाे । रौतहटको कटहरिया नगरपालिका–८ बलुवाटोलमा अाज बिहान  नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच उक्त झडप भएकाे हाे ।बिहीबार बिहान सामान्य विवाद भएकाे […]

उत्तर कोरियालाई पूरै ध्वस्त पार्ने ट्रम्पको धम्की

काठमाडाैं, ४ असाेज । संयुक्त राष्ट्र संघकाे महासभामा बाेल्दै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले उत्तरकाेरियाविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले उत्तरकाेरियालार्इ अब ध्वस्त पार्नुकाे विकल्प नरहेकाे दावी पनि गरेका छन् । राष्ट्रसंघको महासभामा पहिलो पटक बोल्दै ट्रम्पले उत्तरकाेरियाली राष्ट्रपति किम जाेङ उनलार्इ ‘रकेट म्यान’काे संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘रकेट म्यान किम जोङ […]